~नाकारा~
विरहले गीत फेरि गाउबेसिमा रोयो
रुने गीतलाई पानी बनी वीरताले धोयो ।
भेल बग्ने पानी पर्दा उता गाउ सुक्दैछ
मेल हुने रीति चल्दा बेमेल हुरी चल्दैछ,
झुक्दैछ कि सगरमाथा हिउँ सुक्न थाल्यो
च्यात्दै छ कि झण्डा हाम्रो माटो रुन थाल्यो।।
बोट मुनि फुल्ने फुल धुरी माथि चढ्दैछ
अमृत जस्तै मीठो फल विषको डल्लो बन्दैछ,
हुण्डरिलाई रोक्ने ज्वाला झुप्राहरुमा बल्यो
रुने गीतलाई पानी बनी विरताले धोयो ।।
( स्रोत : मधुपर्क , अङ्क -३, पुर्णाङ्क -४४६, साउन – २०६३ )