~जीवन क्षेत्री~
युगौंदेखिको प्रहार बोकेका,
ती खेतका आलीहरू
मंसिरमा झुले धानका,
ती सुन्दर बालीहरू
युगौँदेखिको मुस्काइरहेका
ती उषा लालीहरू
ती अँध्यारा गल्लीहरू,
ती डरलग्दा गल्छेँडाहरू
ती दुरुह सिरेटाहरू
ती उराठिला खडेरीहरू
साथी ∕ के जीवन एकोहोरो छ ?
ती झिलिमिली सहरहरू
ती अन्धकार भूmपडीहरू
ती समृद्ध साम्राज्यहरू
ती विकलाङ्ग राज्यहरू
पानी परेको पुषको रात
मुटु कँपाउने जाडोमा
खाली खुट्टा हिँड्ने पैतालाहरू
जेठको प्रचण्ड गर्मीमा
नाक ठोक्किने उकालोमा
भारी बोक्ने पिठ्यूँहरू
साथी ∕ के संसार एक रुप छ ?
ती औंशीका रातहरूमा
ती भेलग्रस्त वर्षाहरूमा
तुषारो परेका शिशिरहरूमा
एक मुठी स्वाभिमान र
एक फाँक न्यायका लागि
ज्यान हत्केलामा राखेर भिडिरहेका आत्माहरू
साथी के जीवन कायर छ ?
ह्वीस्कीको गिलासभित्र
मोडल अर्धनग्न शरीरभित्र
क्याविन रेष्टुराँको पर्दाभित्र
गाँजाको सुर्कीसँगै
संसार बुभ्mने रहर गर्छौ साथी
जलाइदेऊ तिम्रा प्लेब्वायहरू
फुटाइदेऊ प्रिय सीडीहरू
असमयमै टुहुरो पारिएर
परिवारको गास जुटाउने चिन्तामा
पिल्सिएको किरोशको अनुहार हृर
निधारका चाउरी हेर
टल्पलाएका आँखा हेर
दुब्लाएका पाखुरी हेर
चिरिएका पैताला हेर
यी संसार र यो जीवनको
कति छर्लङ्ग प्रतिविम्व छ त्यहाँ साथी ।
आँट गरेर एकचोटि हेरेर त हेर ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)