~दिलमान राई ‘चोट’~
पिउँदा-पिउँदै चिया सेलाउँछ स्वाट्टै पर्नु पर्छ
चिसो भए माटोको मगलाई प्वालाई पर्नु पर्छ
झर्ला र खाउँला भन्ने आश्वासअन आल्गो हुन्छ
अमिलो अङ्गुरलाई झटारिले झट्टै झार्नु पर्छ
जाडो बढ्दै छ फुट्पाथमा रात बित्छ सपनाहरु
नथक्ने गाडे घाउलाई निको छिट्टै पर्नु पर्छ
जराको मात्र होइन लहराको पनि अस्तित्व छ
एउटा उपचारले सय रोगलाई च्वाट्टै पर्नु पर्छ
दिलमान राई ‘चोट’
यवतमाल, महाराष्ट्र ,भारत
(स्रोत : प्रयास अनलाइन द्वैमासिक, बर्ष:३, अंक:६, संस्करण:२४, नोभेम्बर – डिसेम्बर २०१३(अ. ने. सा. स. फर्मोसा च्याप्टर, ताइपेइ, ताइवान))