~लोकेन्द्र बञ्जारा~
तलैतला हिँड्दै महल कहाँ पुग्छ होला
ढुङ्ग्यान हुँदै बटुवा पैदल कहाँ पुग्छ होला?
नियतिले बनाएको म जस्तै छ भोलि
हाँस्दै आज रुने पागल कहाँ पुग्छ होला?
मैनबत्तीले गाँसेको छु चुँडिएको लोती
बिचरो यो भुक्के चपल कहाँ पुग्छ होला?
गालिबहरू अजत अमर भए मरेपछि
मेरो यति सानो गजल कहाँ पुग्छ होला?