गजल : धोकेर बस्या छु

~नविन आचार्य ‘लेटांगे’~Nabin Acharya 'Letange'

प्रियाको यादमा सराबी बोतल,धोकेर बस्या छु
मर्दैछु चाँडै रगत को छिल्का, खोकेर बस्या छु

सुन्दैछु उनी म सङ्ग कुरा , गर्दिन भन्छिन रे
म भने उनी भेट्नलाई सास , रोकेर बस्या छु

जतिनै कोशिश गरेनी पाउन,सकिन उनलाई
अर्को है जन्म पाउन देउता , ढोगेर बस्या छु

सम्झना मेरो आएमा पढ्नु , नविनका सँग्रह
जाने है बेला हातमा गजल , बोकेर बस्या छु

हे मेरी प्रिया आउन छिट्टै , गार्हो भो मलाई
बढेर पीडा आबेशमा मुटु , ठोकेर बस्या छु

-लेटांग ४ मोरंग
हाल रावागं मलेशिया

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.