~स्लिम जिवन~
म आफ्नै अस्तित्व खोज्दै जाने क्रममा
एक खण्डहर बिच जंगलको
एक खाडलमा मैँले मेरै अस्थिपञ्जर देखे।
मस्त लमतन्न सुतीरहेको आफनै कंकाल देखे।
मैँले आँफैले आँफैलाई प्रश्न गरे।
आखिर त्यो युद्ध थियो कसका लागि?
युद्ध बाट मेरा साथीहरलाई के मिल्यो?
जनताले के पाए? यो राष्ट्रले के पायो?
फगत म त एउटा सहिद ठहरिएर या बेपत्ता नागरीक कहलीए।
गाउँलेहरु मलाई समझेर धिकार्दा हुन
बा आमा मलाई सम्झेर बिलौना गर्दा हुन
मेरा साना अनाथ बच्चाहरु
मेरो माला लगाईएको तस्विर तिर हर्दै
उनका विधवा आमालाई हाम्रो बा के अर्नु हुन्थ्यो भनी सोध्दा,
उनी विचरी भक्कानिएर रुदि हुन।
त्यो एउटा फगत युद्ध थियो।
मैँले त्यो युद्ध गोल्डस्टार जुत्ता लगाएर
देशको आमूल परीवर्तन गर्छु भन्ने महान कामरेडहरुलाई सत्तामा पुर्याउनलाई लडेको थिईन।
मैँले त्यो युद्ध संघियता घुसाएर
देश टुक्रा पारी जनता लडाउनलाई लडया थिईन।
निर्लज्ज महान कामरेडहरुलाई धिक्कार छ
हाम्रो बलिदिनी आाज बेकार भएको छ
मैँले आफेनै कंकाल तिर हेर्दै भने।
अनि हातको माझी अउला देखाउदै
भने महान कमरेड भनौदाहरुलाई बाल सलाम।
स्लिम जिवन,
संयुक्त अरब ईमीरेटस
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )