~निश्चल काउचा~
मबाट कविता लेखिदैन
देश दुखे पछि कविताबाट म लेखिदो रहेछु
गणतन्त्रको कलिलो आगनमा उभिएर
हेरिरहेछु मेरो देश
बुद्धका आँखामा
श्यामश्वेत धरहराको टुप्पोमा
कठै
सगरमाथाको हिउ फुल झरिसकेछ
देखेथे लार्भाबाट रंगिन पुतली बनेको
तर
उनीहरु मान्छेबाट मान्छे बन्न सकेनन
अहंकारको बुईगल चढेर
देखाई रहेछन ताण्डव नृत्य
अलापी रहेछन अनौठो रापहरु
मेरो देश
कुनै सरोगेट मदरले जन्माई दिएको होईन
ईतिहास यहि भन्छ
बर्षौ देखी पुर्खाको पसिनाले सिञ्चेको भुमीको माटोमा
दश नङ्ग्रा खियाउदा
धाजा फाटेको कुर्कुच्चालाई
कलेटी परेका पैतालाहरुलाई
श्रीमानबाट बुट जुत्ता आस गर्दिन म
केवल मलाई
मेरो सिरीखुरी देउ
जहाँ म
आफ्नै माटोमा दश नङ्ग्रा खियाउदै फुल्न सकु
-यामु काउचा “निश्चल” मगर
चौराह – १ – बाग्लुङ
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)