कविता : म मान्दिन कुनै धर्म

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

प्रकृति अनुरुप धर्म स्थापित हुनसक्छ
धर्मले प्रकृति वदल्ने होइन ।
एकाग्रता ग्रहण गर्नको बदला
लक्ष्य निर्धारण गर्नको बदला
परिवर्तनलाई पहिल्याउनको बदला
कुनै धर्मको आडमा
कसैले
आफुलाई ठुलो मान्छे वनाउंछ भने
मान्छे–मान्छे विच भेदभाव गर्छ भने
ठुलो÷ सानोको कित्ता तोकेर वर्गिकृत गर्छ भने
मान्छेले मान्छेलाई छुंदा अपवित्र हुने नियम बनाएर
छुवाछुतलाई प्रश्रय दिन्छ भने
रंग र वर्ण केलाउंछ भने
म मान्दिन कुनै धर्म ।
धर्मका लागि लेखिएका पाठहरु च्यातेर जलाउंछु बरु
त्यस्ता पाठहरुलाई साहित्य नाम दिइन्छ भने
म साहित्य विनाषक हुन तयार छुं बरु
तर म मान्दिन त्यस्ता धर्महरु ।

कागजको पानामा लेखिएका अक्षरहरुले
धर्म ज्ञानको मापण गर्न सक्तैन ।
अक्षर र पुस्तकहरु
पवित्र या अपवित्र हुने होइनन्
हजारबार धर्मका पुस्तकलाई ढोगे पनि
पुस्तकमा लेखिएको हरेक अक्षरहरु कण्ठस्थ गरेपनि
व्यवहारमा परिवर्तन आउँदैन भने
भेदभाव जारी राख्छ भने
असमान सम्झौताहरु गरेर फसाउने काम हुन्छ भने
म मान्दिन त्यस्तो कुनै धर्म ।
त्यस्ता धर्मका पुस्तक पढेर
घण्टा वजाएर
धुपबत्ति वालेर र पाठ वाचेर
भ्mयाम्टा र ढ्याङ्गग्रो ठटाएर
आफुलाई धर्मका पुजारी बनाउनेहरुलाई
मान्दिन म
तिनीहरु अपराधी हुन् भन्छु
चाहे मलाई उनीहरुले पापी नै किन नभनोस्
तिनीहरुको नजरमा पापी नै सहि
तर मान्दिन म तिनीहरुको धर्महरु ।

धर्मले
हिंसा अख्तियार नगर्नु पर्नेमा
शान्तिको उद्धभोष गर्नु पर्नेमा
युद्धको शंखघोष बन्द गर्नु पर्नेमा
प्रकृतिलाई प्रेम गर्नुपर्नेमा
ठिक उल्टो गर्दै जान्छ अनि
मानव सभ्यतालाई पछाडी ढकेल्छ भने
मिलनको बदला मानवतासंग विछोड गराउंछ भने
मानवतालाई सम्मान गर्नुको बदला अपमान गर्छ भने
म किन मान्छु त्यस्तो कुनै धर्म ।
पत्नीले ब्रत बस्दैमा पतिको आयु लम्बिन्छ भन्नेहरु
पुजारीले शंख र मन्तर फुक्तैमा शान्ति आउंछ भन्नेहरु
पति विनाको पत्नि
समाजमा निष्कृय हो भन्नेहरु
पति नै विवाहित महिलाको भगवान हो भन्नेहरु
अझ अहंकारलाई प्राथमिकता दिएर
धर्मको पाठ पढ् भनेर कानून बनाउंछ भने
त्यस्तो धर्मको पाठ किन पढुं म ?
स्वतन्त्रतालाई निचोर्ने
त्यस्तो धर्मको किन अनुसरण गरुं म ?
टिका, मन्तर र प्रसादको व्यापार गर्ने धर्म किन मानुं म ?
गरिबलाई आत्मग्लानी गराएर
धनीहरुको वकालत गर्ने धर्म किन मानुं म ?
आफुसंगै देवताहरुलाई पनि स्वार्थी बनाउंदै
अवोध पशुको वली दिएर
भागल पुरा गर्ने धर्ममा किन विश्वास गरुं म ?
आस्तिक भनुन् बरु
मलाई बहिष्कार गरुन्
म पनि बहिष्कार गर्छु तिनीहरुलाई
म मान्दिन कुनै धर्म बरु ।

(३ जलाई २०१६, फार्नवोरो)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.