~मसान उपासक~
पहिलोपटक
तिमिले याे मुटुमा सुम्सुम्याएर
नभनि गएपछि दुखेकाे हाे
देब्रेछातिकाे कुनाकाप्चामा
दाेस्राे पटक
तिमिले छाेडेर गएपछि
अाशु जमेर छातिकाे कुना
खुब राेएकाे हुँ नदिकिनारमा
तेस्राे पटक
जब तिमिलाई सेताे साडिमा
एक्लै घुमिरहेकाे तरकारि बजारमा
खुद यी अाखाले देखेथेँ
साझ कसरी भिजे सिरानि नसाेध्नु
चौथोपटक
तिमिलाइ नदेखेरै कतै
सम्झिरहे …
सम्झिरहे …
अनि अब कहिल्यै नसम्झने भनेर
झन सझिरहे ।
पाचाैँ पटक
……………..
……………..
अाखिर खुब राेएपछि जिन्दगीमा
साेचिरहेछु यतिखेर
फगत अाशुमा डुबिरहेकाे
प्रेमकाे ईतिहास भन्दा
किन लेखिनछु मैले
कालापानिमा लडिरहेकाे मेराेदेशकाे
बिर मान्छेहरुकाे प्रेम
जुन पढेर मेरा नानिहरुले
घाेत्लिनेथे खालि समय
मलाई अामा र सुस्ता कति प्रिय छन् भनेर।
छतिवन-५, मकवानपुर
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)