चित्र ‘लक्ष्मी’का पन्ध्र हाइकुहरु

~चित्र ‘लक्ष्मी’~chitra-bahadur-chaudhari-laxmi

औंसी न पूर्णे
सोत्तर तोरीबारी
अन्धो जवानी!

जूनेली घाम
चैते पवनवर्षा
आहा जिन्दगी!

ऊनिउँ फूल्छ
रुझ्छन् ढुङ्गे परेली
व्रतालु गिद्द!

उत्तानो चुलो
मुर्दाघाट कसौंडी
स्वादिलो तन्त्र!

फूलको थुङ्गा
सिसिफस जिन्दगी
ठोक्कियो डुङ्गा!

जूनेली घाम
चैते पवनवर्षा
आहा जिन्दगी!

जुँगाको रेखी
बस्ती नै जलमग्न
जिलेट ब्लेड!

ढुङ्गाको ढिंडो
फतक्क ताउलीमा
खाएर जानू!

नूतन चस्मा
वाह अर्जुन दृष्टि
फुपूको श्राद्दे!

फूलको छुरी
मुस्कान माला जप्दै
मुटु हलाल !

खरी र पाटी
चप्पल अनि गोडा
अविश्रान्त यात्रा

मान नमान
डामेको साँढे भा’छु
म लोकमान!

बिहारी भैया
दशगजा परीक्षा
बल्ल नेपाली!

उखान ख्वायौ
हजमोला दिएनौ
चर्पी बास भो!

ओसिलो यात्रा
स्याउँस्याउँती जुका
टिमुर छ कि?

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.