~कमल संघर्ष~
मूर्दाहरूमा पो ब्यूँतिने सपना हुँदैन
मान्छे हुन मान्छेमा किन बेदना हुँदैन।
उत्तेजित बनाइरहन्छन् मन्दिरहरूले
तैपनि टुँडालहरूमा उत्तेजना हुँदैन ।
कुनै डरका अघि चल्मलाएन सालिक
अब उसको मृत्युसँग सामना हुँदैन।
दौँतरी मलामी केही छुटे जस्तै ठान्छन्
अर्को पटक मूर्दा बोक्ने एकजना हुँदैन।
फलेको बृक्ष मुस्किलले उभिएको छ
कसोरी भनौँ अवसरमा यातना हुँदैन।