~रुमानी राई~
मलाई मनपराउनु तिम्रै गल्ती थियाे
केही दाेष छैन मेराे अाफ्नै संसार थियाे ।
धाेकेवाज अनि निष्ठूरी ठान्याै कि
मेरो अस्वीकृतीलाई तिरस्कार मान्याै कि
तिम्राे स्वाभिमानकाे अपमान हाेइन याे
बरु तिम्राे निर्दाेष प्रेमको सम्मान हाे याे ।।
अाफ्नो घर अाफै कसरी भत्काउँथे
जानीजानी तिमीलाई किन लत्याउँथे
यदी मेराे ठाउँमा तिमी भईदिए
तिमी पनि त्यही गर्थ्याै मैले जे गरें ।।।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)