कथा : तन्नेरी प्रेम

~केदारनाथ नेपाल ‘निश्चल’~

गाउघर तिर सरकारी विद्यालयमा पढेर ‘सेकेण्ड डिभीजन’मा पास हुनुलाई राम्रै मानिन्छ । एस. एल. सी. परीक्षामा म ‘सेकेण्ड डिभीजन’मा पास भएँ । यो कुरा घरपरिवार र साथीभाईले थाहा पाईसकेका रहेछन् । फोनबाट लगातार बधाईका आवाजहरु आउन थाले ।

एस. एल. सी. पास भएपछि म कलेज पढ्ने तयारीमा थिएँ । काम एकातिर काम थियो भने पढाई अर्कोतिर । तैपनि पढाईसँगै कामलाई पनि अघि बढाउने निर्णय गरेँ । पत्रकारितालाई मुख्य बिषय बनाएर नारायणटारमा रहेको एक उच्माध्यमिक बिद्यालयमा भर्ना भएँ ।

यसै क्रममा कलेजकै नाम परिवर्तन ‘एलिसा’ सँग मेरो चिनजान भयो । उनीपनि गाउँबाटै अध्ययनको लागि काठमाडौं आएकी रहिछन् । गाउँकै भएपनि मेरो भन्दा उनको आर्थिक अबस्था राम्रै थियो । उनि जागिर नखाई पढ्ने गर्थिन्। गाउँबाटै आएकी हुनाले हाम्रो केहि ब्याबाहारिक कुराहरु एक अर्कासँग मिल्थ्यो । उनको एकजना मिल्ने साथि रहिछन् मोनिका तर उनिभने कलेज पनि कहिलेकाहिँ मात्र आउँथिन् । आएको बेलामा भने हामीसँगै बस्थिन् । एलिसा र मेरो पढाईको स्तर पनि उस्तै थियो । नजानेको कुराहरु एकअर्कासँग सोध्ने गर्थेऔं । जसले गर्दा पढाईमा एकबाट अर्कोलाई सहयोग पुग्थ्यो , यसरी समय बित्दै जाँदा हाम्रो सम्बन्ध साथिबाट प्रेमी प्रेमीकाको रुपमा परिवर्तन हुँदै गईरहेको थियो ।

त्यसपछिका दिनहरुमा हामी प्रेमी प्रेमीकाका रुपमा घुमघाम गर्न थाल्यौ । सँगै जिउने वाचा -कसम खाएका हामी कहिले दक्षिणकालि त कहिले बिभिन्न पार्कहरुमा घुम्न जान्थ्यौ । यसै क्रममा कक्ष ११ को परीक्षा नजिक आयो । कहिलेकाँहि समय मिलाएर हामि सँगै बसेर अध्ययन गर्थ्यौ । म पढाईसँगै जागिर खाने भएकोले दिउँसोको समयमा पढ्ने फुर्सद नै कहाँ मिल्थ्यो र ? तैपनि ठेकेदार दाजुसँग १० दिनको बिदा लिएर परीक्षाको समयमा पढाईलाई नै प्राथमिकता दिएको थिएँ । मिहेनतका साथ तयारी गरेर परीक्षा दिएका कारण परीक्षा राम्रो भएको थियो भने एलिसाको पनि राम्रो भएको थियो ।

समय बित्दै जाँदा हाम्रो प्रेम सम्बन्ध पनि प्रघाढ हुँदैगयो । कक्षा एघारको परीक्षा पश्चात कक्षा १२ सुरुभयो । काम गर्दै पढ्दै गरेपनि पढाईमा म अब्बलनै थिएँ । शिक्षकको नजरमा पनि अनुशासित र जेहेनदार बिद्यार्थीको रुपमा गनिन्थे ।

पढाईसँगै जागिरलाई अघि बढाएका कारण कक्षा १२ मा मैले नेपाली पढ्न नभ्याउने भएँ तर म ढुक्क थिए एलिसाको नोट पढेर भएपनि पास हुन्छु भन्नेमा । कक्षा १२ मा पनि मिहेनत र सोचेअनुरुप परीक्षा राम्रो भयो । एक्जाम पश्चात् एलिसा जापान जाने भन्दै भाषा सिक्न लागिन् । आपूmभने उहि पुरानै काम । कहिलेकाहिँ म भन्थे एलिसा यदि तिमी जापान गयौ भने मलाई भुल्छ्यौ होला है ? मेरो यस्तो भनाई सुन्ने बित्तिकै उm मेरो मुख थुनिदिन्थी र भन्थी के भनेको यस्तो धत् कहि मैले तिमीलाई भुल्न सकुला र ? तर मेरो मनमा भने कताकता डर उत्पन्न भैरहेको थियो यदि उनले मलाई भुलिन् भने मेरो अबस्ता के होला सायद पागल हुन्छुहोला मनमनै सोच्थे फेरि अर्कोमनले सोच्थे एलिसा अरु केटिजस्तो हैन उनले मलाई कहिलै धोका दिन्नन् । समय बित्दै गयो एलिसाको पनि जापानको भिषा लाग्यो उm जापान जाने भई जाने अघिल्लो दिन ‘सपिङ’को लागि साथी जानको लागि जागिर छुट्टि लिन आग्रह गरि मलाई ।

उनले भने बमोजिम मैले ठेकेदार दाजुलाई आपूm एक्कासी घरजानु परेको कारण दुईदिन काममा नआउने जानकारी गराए र एलिसासँग ‘सपिङ’को लागि जाने सहमति जनाए । हामी ‘सपिङ’को लागी भाटभटेनी ‘सुपरमार्केट’ महाराजगञ्ज गयौ । ‘सपिङ’ गरेर छुट्टिने बेलामा उसले कफी खान अनुरोध गरी । नजिकै रहेको एक क्याफेमा हामी कफि खान गयौ । कफी पिउँदै गर्दा उm धेरै रोई किनकी भोलिबाट हामी छुटिदै थियौ । हुनपनि हो भेट हुन्छ या हुन्न थाहा छैन । त्यो दिन उसले कफि भन्दा बढि आँसु पिएकी थिई । जे भएपनि समयको खेल ठान्दै आपूmलाई सम्हाल्दै र उनलाई सम्हाल्लिन आग्रहगर्दै क्याफेबाट बाहिरियौ र आ आफ्नो डेरातर्फ लाग्यौ भोलि बिहान १०:०० एयरपोर्ट बिदाई गर्न जाने सर्तमा ।
रुममा आएर खाना खान मन पनि लागेन त्यो दिन तेतिकै सुतेँ । बिहान उठ्दा ७:१५ भएछ हतार हतार खाना बनाएर खाएँ अनि सिधै एयरपोर्ट तर्फ लागे उनिहरु आईसकेका रहेछन् एलिसा मेरै प्रतिक्षामा रहिछन् त्यहा उसले मलाई कलेजको मिल्ने साथी भनेर ममी बुबालाई चिनाई । केहिबेर बसेपछि एलिसा आँखाभरी आँसु खसाल्दै बिदाईको हात हल्लाउद एयरपोर्ट भित्र पसि ।

एलिसा गएपछी म साँच्चै बेलाबेला टोलाउने गर्थे । गएको एक महिनापछि बिदेशको नम्बरबाट फोन आयो । हेलो भने उताबाट एलिसाले भनि के छ खबर भनि मैले भने बाँचेकै छु । त्यो दिन साधारण कुराकानी मात्र भयो । उसले आपूm एकदम बिजी भएको बरु फेसबुक एकाउण्ट खोल्न र फोटाहरु अपलोड गर्न आग्रह गर्दै फोन राखि । त्यो समय आपूmलाई फेसबुक एकाउण्ट खोल्न आउदैन थ्यो नजिकैको साईबर गए र वीस रुपियाँ तिरेर एकाउण्ट खोले । एलिसालाई रिक्वईस्ट पठाएर २/४ ओटा पनि अपलोड गरे । २/३ दिन रिक्वईस्ट एसजप्ट नै भएन ५ औ दिनको दिन एसेप्ट भयो । उनि अनलाइन नै रहिछन् । धेरैबेर म्यासेज मार्फत कुराकानी भयो ।

एवम् रीतले समय बित्दै गयो । फेसबुकमा कुराकानी हुँदै गयो । समयपनि कति छिट्टै कट्दो रहेछ । २०७० चैत्र १९ गते उनि जापान गएको पनि एक बर्ष पुगेछ । तर त्यसपछि उनि फेसबुकमा पनि कम आउन थालिन् गफ गरे पनि सधेको प्रश्नको जवाफमात्र दिने उनको म प्रतिको ब्यबाहार परिवर्तन हुँदैगएको अनुभब मैले गर्न थालेको थिएँ । फेरी सोच्थे ब्यस्त भएर होला । जे होस् समय बित्दै जाँदा उनि छुट्टिमा नेपाल आउन लागेको जानकारी मलाई गराईन् । उनको त्यो कुरा सुनेर म धेरै खुसी भएँ किनकी म आफ्नो प्रेमीकालाई भेट्न पाउदै थिएँ । बैशाख ९ गते उनि जापानबाट काठमाडौं आईन । मलाई भोलिपल्ट फोन गरिन् म उनलाई भेट्न गए । चाबहिलको टिफिन होममा भेट्यौ । बसेर खाजा खादै कुराकानी गर्यौ । उनले जापानमा नेपालमा जस्तो फुर्सद नहुने र फोन गर्न ,अनलाइन बस्न समेत समय नहुने कुरा बताईन् । मैले पनि उनले जे भनिन् पत्याउदै गए किनकी आपूm बिदेश गएको भए पो नपत्याउनु यस्तै गफ गर्दागर्दै बेलुकाको ६:०० बजिसकेछ । खाजाको पैसा मैले तिरे । दुबैजना बाहिर निस्क्यौ । आफु १५ दिनको छुट्टिमा आएकोले सबै आफन्तहरुसँग भेटघाट गर्नुपर्ने बाध्यता भएका कारण जाने दिन मात्र भेटघाट गर्ने बताउदै त्यहाबाट उm बिदा भै ।

तर उस्ले मलाई ढाटेकी रैछे उm एक महिनाको छुट्टिमा त्यो पनि जापानमै सँगै पढ्ने र सँगै बस्ने नेपाली केटासँग नेपाली परम्परा अनुसार नै बिहे गर्नै भएर नेपाल आएकी रैछ । त्यो कुरा मैलेसँगै कलेज पढ्ने साथी मोनिका मार्फत् थाहा पाए । त्यो कुरा सुनेपछि म छाँगाबाट खसेजस्तो भएँ । पृथ्वी नै उल्टिएजस्तो लाग्यो । सबैतिर धमिलो मात्र देख्न थालेँ । बल्लतल्त आपूmलाई सम्हाले र कोठातिर लागे । कोठाम पुगे । खाना पकउने मन नै लगेन । यदि मोनिकाको कुरा सत्य हो भने उनले मेरो जीवनसँग यतिठुलो खेल किन खेली ? तर पनि मनमा भने उसकै याद आईरह्यो फोन गरौ झै लाग्या थ्यो गरिन, राति ‘डिस्टब’ होला भनेर । त्यो दिन खाना नखाई सुते । भोलिपल्ट बिहान उठे चियानास्ता खाईसकेर फोन गरे । फोन उठाई उस्ले मैले भने तिमीलाई भेट्न मन थियो । उस्ले भनि कहाँ भेट्ने मैले टिफिन होममा नै भेट्ने कुरा गरे २:०० बजे । म त्यहा १:३० बजे नै पुगिसकेको थिए किनकी म उनलाई भेट्न आतुर थिए बल्लतल्ल २:०० बज्यो उनी आईपुगिन् ।

खाजा खादै गफ गर्दै थियौ ,मैले मोनिकाबाट थाहा पाएको कुरा उनलाई सुनाए उनले त्यो कुरा स्विकार मात्र गरिनन् उल्टै मलाई तिमीजस्तोसँग जिन्दगी चल्दैन तिमी यहि नेपालमै दूःख गर्छौ कति कमाउछौ ? यहाँ के पाईन्छ उता सबथोक छ । ईज्जत, पैसा, जीवन सपथोक छ । त्यसैले मैले मेरो भबिष्य सोच्दै जापानमा सँगै पढ्ने केटासँग बिहे गर्ने निर्णय गरे भनिन् । अनि हाम्रो माया प्रेम हामिले खाएका ति कसमहरु बिर्स्यौ ? ति त सव बैशमा गरिएका भुल थिए अहिले म बुझ्ने भैसकेको छु त्यसैले यो निर्णय गरेँ । उनको जवाफ सुन्दा मेरो आँखाबाट आँसुका भेल बगिरहेका थिए । उनले दिएको धोकाले भन्दा बोलेका शब्दहरले मेरो मन धेरै दुखेको थियो । त्यसपछि उनि केहि बोलिनन् । बरु ब्यागबाट बिहेको कार्ड निकालि र मेरो हातमा थमाउदै बिहेमा जसरी पनि आउन भन्दै त्यहाबाट निस्केर आफ्नो बाटो लागी । म निःशब्द भएँ । जीउ पुरै पसिनाले भिजेको थियो दिमागले पनि आधा मात्र काम गरेजस्तो लाग्यो कतिबेला रुममा पुगे थाहानै पाईन बिहान ब्यूझदा मात्र थाहा पाए रुममा आईपुगेको ।

(स्रोत : एभरेष्ट दैनिक डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.