असंख्य मान्छेका
असंख्य कुर्सीहरुमा
म पनि बांच्दै
लंगडो एउटा पँखा
करैकरमा नृत्य प्रदर्सन गरिरहेछ
भत्किएको सौन्दर्यमा विहुल बाँधेर
धरहराबाट हामफाल्न आँटेकी
कुनै शोकाकुलग्रस्त
कुनै स्वस्नीमान्छे झैं
आँखामा ‘बैकाल’ सजाएर
ढुंगाहरुमा
अनायस ठेस खाएर
रोकावटहरुलाई पानीका धारले खियाएर
नदी झैं सुसाउँदै
भत्किएको पंखा
बाँगिएर बुपरित देशामा मोडिएका धर्साहरु
सिधा पारेर
आफ्नो सौन्दर्यता स्थापित गर्न खोज्दै
मेकरुमको लाम्चो ऐनाको
सामुन्ने पुग्न खोज्दैछ
तर असफलताका परिणामका लिष्टहरु
मात्र निस्कन्छन्
असफलताका परिणामका लिष्टहरु मात्र निस्कन्छन्
भत्किएको लंगडो पंखा
भत्किएको सौन्दर्यको
भयावह
र
बिभत्स चित्रको स्मरणमा
डुबुल्कि मार्दामार्दै
किन हो कुन्नि?
एक्कासी
ठूलो आवाज चिच्याउँदै कहालिन खोज्दैछ
सायद,
चरमबिन्दुमा पुगेका उग्रब्याधाहरु
ऊ दबाउन खोज्छ
तर, प्रयासहरु अनुत्तिर्णको पर्खालमा पछारिन्छन्
मात्र पछारिन्छन्
प्रयासहरु अनुत्तिर्णको पर्खालमा पछारिन्छन्
सुस्केराका लामा-लामा क्षणहरु निर्यात गर्दै
घरी-घरी
खुट्टाको बुढीऔंलाले माटो कोट्याउँदै
लंगडो अपांग पंखा झोक्रैरहेछ !!
रक्सीको बन्द बोतलभित्र !!!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)