~भुवनहरि सिग्देल~
छन्द : रुपामाली
(१)
चिट्ठी पाएँ प्यारो छोराको
मेरो उर्जा दासी गोराको
आशा बोकी दास्ती तुर्दै छु
आँखा तानी बाटो कुर्दै छु
(२)
गैरीबारी बाँझै टारी छन्
दायाँबायाँ सिस्नो घारी छन्
कल्ले खन्ने छोरा १ यो माटो
उम्य्रो झाडी ढाक्यो गोरेटो
(३)
केटा छैनन् बस्ती खाली भो
खोजी गर्छन् बाली मालीको
हेर्दा हेर्दै आगो लागेझैं
शून्यै भै गो सारा भागेझैं
(४ )
बाँडी खान्थ्यौंंं गाँसै काटेर
डोरी दाम्ला नाम्ला बाटेर
छैनन् दाना रित्ता डालामा
चाया फुस्रे लाली गालामा
(५)
बूढाबूढी बच्चा रोगीको
देर्शै भै गो सत्ता भोगीको
के को चिन्ता बाढी पानीको
पैहे लाग्दा आफनै नानीको
(६)
बैरी आफै आप्mनैै नाताको
हत्या हुन्छन बैनी भ्राताको
ढाकोस् मेरा आँखा जालोले
गान्धारीझै बेरुँ टालाले
(७)
हामो इच्छा जोला छाकैको
सन्तोषैको निँद्रा लाखैको
त्यो नै गुम्दा आशै के गर्ने?
बाँच्ने छैनन् मेसो भो मर्ने
(८)
छोरा तेरो प्राणै गावैँको
तैले फेर्ने स्वासै गावैंको
डाँफेजस्तो आनीबानीको
मौैरी रम्ने हावापानीको
(९)
नासो जाला भावी पुस्तामा
लेख्नै खोज्लान् लेखा श्रेस्तामा
केले गर्लास गाथा आरम्भ?
पीडा पोखी रुन्चे प्रारम्भ !
(१०)
फर्की छोरा फर्की नासो हेर् !
घाँटी कस्ने आप्mनै पासो हेर् !
हत्केलीका सग्ला रेखा हेर् !
जिम्मेवारी बुभ्mने आँखा हेर् !