~आचार्य प्रभा~
जे भन्यौ ठिकै भन्यौ
मनकै ब्यथा पोख्यौ ,
अस्पट भावनाहरु ओकलेर
मन शान्त गरायौ …
हो —सारा कुण्ठाहरु थुपार्नु हुन्न मनमा
असरल्ल पीडाहरु साँच्नु हुन्न ह्रीदयमा ।
मन शान्त गराउने बहनामा तिमी
समर्पित भयौ कसैमा
अधरमा मुस्कान ल्याउने प्रयासमा
तिमी कोमल बन्यौ आँफैमा ,
त र —सावधान !
जस्लाई मनका ब्यथाहरु पोख्छौ
ऊ तिम्रो पीडाको श्रोता मात्र नबनोस
जस्लाई भावनाका लहरहरु बिछ्याउछौ
ऊ तिम्रो कोमलताको क्रयता मात्र नहोस्
किन कि संसार अब स्वार्थमा मात्र डुबेको छ
कसैको साथ क्षणभङुर मात्र हुन सक्छ
तिम्रो भावना केवल ,
दन्त्य कथा मात्र बन्न सक्छ ।
यो भ्रममा ”तिमी ” ”उ ”
हामी सबै फंसि सकेकाछौ,
त्यसैले —पोख मनका ब्यथा
त र आफु नाङिएर हैन
सुनाउ पीडाका वाक्यहरु
त र —आफु बिश्वस्त बनेर हैन
जस्ले सुन्ने बहानामा
तिमीलाई मोल्न सक्छ ,
जस्ले आश्वासन दिने भरोशामा
तिमीलाई लुट्न सक्छ
किन कि —अब ती सत्य र धर्मी
मनहरुमा कलंक र अधर्मले
बास गरिसकेको छ ।
(अमेरिका)
(स्रोत : कविता कुसुम)