निबन्ध : सिलर क्याफेका चोटपटक

~थानेश्वर सापकोटा~

सिलर क्याफेको बाहिरी ओतमा मैले आफ्नो शरीरको हिउँ झार्दै गर्दा ऊ अचानक प्रकट भो । “म तिम्रो पिछा गर्दै थिएँ । तिमी त अचानक गायब भयौ ?” मैले भनेँ । उसले आफ्नो नाक जोडसँग सफा गर्‍यो र मन्द मुस्कानका साथ भन्यो, “हिउँ पर्‍यो, म कतै ओतको खोजीमा थिएँ ।”

बाहिर अझै हिउँ पररिहेकै थियो । सिलर क्याफेभित्र पस्दा ढोकाको छेउमै ज्याकेट झुन्ड्याउने ह्याङ्गरहरूको एउटा लस्कर छ । उसले ओभरकोट झुन्ड्यायो ।

“जाडोयाम मेरालागि अभिशाप नै हो,” उसले भन्यो । र, पर कुनापट्टकिो टेबुलतर्फ इसारा गर्‍यो ।

मैले त्यो नयाँ रेस्टुराँमा काम सुरु गरेपछि पहिलोपल्ट उसलाई त्यहाँ भेटेको थिएँ । ऊ वेटर थियो । पहिलो दिन ऊसँग भेट्दा उसले हात मिलाउँदै भनेको थियो, “हाई, आइएम मोरसि ।”

“अरे तिमी त अङ्ग्रेजी पनि बोल्दा रहेछौ । धेरै जर्मन केटाहरू अङ्ग्रेजी बोल्न जान्दैनन् नि !” मैले भनेँ ।

अनुहारमा कुनै परविर्तन नल्याई स्वाभाविक रूपमा उत्तर दियो, “धेरै विदेशीहरू जर्मन भाषा बोल्न जान्दैनन् । मलाई अरूको संस्कृति बुझ्ने रहर छ, त्यसैले अङ्ग्रेजी बोल्न कोसिस गर्छु ।”

ऊ आपmनो काममा लाग्यो । महिनौँसम्म ऊसँग खासै बातचित भएन । उ सधैँ तनावमा हुन्थ्यो जस्तो लाग्छ । ऊ मुस्िकलले मात्र हाँस्थ्यो र कुनै गहिरो तनावमा हराउँथ्यो । मोरसि भर्खर २२ वर्ष पुग्दै थियो र लुङ् विग मेक्सिमिलियन युनिभर्सिटीमा रसायनशास्त्रको विद्यार्थी थियो । एकदिन मैले उसलाई युनिभर्सिटी बाहिरपट्ट िकेरा खाँदै गर्दा भेटेको थिएँ । त्यसबेला पनि ऊ केही बोलेन ।

उसका हातमा केही पाठ्यपुस्तक थिए र गुन्टरग्रासको चर्चित पुस्तक द टिन ड्रममको अङ्ग्रेजी संस्करण थियो । ऊ चिनजानको प्रक्रियासमेत पूरा नगरी क्लासभित्र छिर्‍यो । खासमा यस्ता उमेरका जर्मन केटाहरू अलिकति छिल्लिने खालका हुन्छन् । यो उमेर नै त्यस्तै हो । तर, मोरसि त्यति फरासिलो थिएन, न उसमा कुनै त्यस्तो सौहार्दता नै थियो । अर्को दिन मैले रेस्टुराँमा भेट्दा भनेँ, “तिमी त कस्तो कुनै अर्को दुनियाँको जस्तो ! कुनै औपचारकितासमेत पूरा गरेनौ अस्ित ।”

ऊ फरक्क मतिर फक्र्यो । तीनवटा खानाका प्लेट थिए उसको हातमा । यसरी घुम्दा प्लेट खस्छ कि भन्ने लाग्यो । उसको हातबाट खानाको प्लेट खस्यो भने फेर िबनाउन मलाई नै सास्ती । त्यस्तो केही भएन । उसले सहज रूपमा जवाफ दियो, “मैले त्यस्तो सिकेकै छैन । साँच्चै भनुँ भने मलाई यस्ता औपचारकि कुराहरू कसैले सिकाएकै छैन र अब म सिक्न पनि सक्दिनँ ।”

त्यसपछि मात्र ममा ऊसँग लामै कुरा गर्ने आकाङ्क्षा पलाएको थियो । कति दिनको आग्रहपछि बल्ल मान्यो र सिलर क्याफेमा कफी पिउन भनेको थियो उसले । मेरो कुरा नसकिँदै उसले फुऽऽऽ गर्‍यो र भित्रैदेखिको बाफको एउटा मुस्लो छोड्यो । उसका नाकका पोरापोरामा अझै हिउँका अवशेषहरू थिए र कानका लोतीहरू रगत चुहिएलान्झैँ राता थिए । कफीका कपहरू हाम्राे अगाडि थिए । कफीको सुर्की लगाउँदै मैले उसलाई भनेँ, “मोरसि तिमी किन यस्ता छौ ?”

ऊ बीचमै बोल्यो, “कस्तो ! सोसाइटीमा मिल्न नसक्ने खालको भन्न खोजेको होइन तिमीले ?”

“सायद, त्यस्तै त्यस्तै,” मैले भनँे । ऊ एकछिन चुप्प लाग्यो र कफीको कपलाई ओँठमा च्यापेर सुरुप्प पार्‍यो । मैले उसलाई नियालेर हेरेँ । उसका कानका लोतीहरू अझै तातिसकेका छैनन् र आँखीभौँका हिउँका छिटाहरू पानी बनेर टिलपिलाइरहेका छन् । ऊ केही बोलेन । मैले फेर िसोधेँ, “मोरसि मलाई तिम्राे बारेमा जान्नु छ ।” “के ?” कफीको कपलाई टेबुलमा राख्दै उसले भन्यो ।

मैले भनेँ,”खासमा तिम्रो समग्र परविारका बारेमा ।” ऊ अझै केही बोलेन । सायद केही सोच्दै थियो । उसले कफीको कप रत्ियाउँदै भन्यो, “तिमीलाई थाहा छैन, युरोपमा परविारको अस्ितत्व नै सकिइसकेको छ ।”

“त्यसैले मलाई कहिलेकाहीँ लाग्छ, बरु तिम्रो देश नेपालमा जन्मेको भए म आफूलाई भाग्यमानी सम्झन्थेँ,” ऊ एकछिन रोकियो । “अँ, भन न  !” मैले भनेँ । उसले चिउँडोमा हात राख्यो र कुइनोलाई टेबुलमा अडेस दियो ।

“साँच्चै भन्ने हो भने मैले मेरो बाबुलाई देखेकै छैन । म बुझ्ने हँुदा आमासँग सहरको अलि बाहिरपट्टकिो एउटा घरको सानो कोठामा बस्थेँ,” ऊ भन्दै गयो, “कहिलेकाहीँ एउटा अधबैँसे मान्छे आउँथ्यो र केही घन्टा आमासँग सुतेर फर्किन्थ्यो । पछि आमाले उसैसँग बिहे गरनि् । खासमा त्यो मान्छे मेरो बाबु थियो कि अर्कै कोही थियो, मलाई अहिलेसम्म थाहा छैन । अँ, एकपटक म स्कुल छँदा एउटा मान्छे आएको थियो भेट्न । म तिम्राे बाबु हुँ भन्थ्यो । मैले उसको अनुहारमा हेरेँ, विश्वास नै लागेन । उसको दाहिने कानमा ठूलो मुन्द्रो झुन्डिएको थियो र गालाको मुन्तिरपट्ट िर गर्धनको अलि अघिल्तिर बिच्छीको टाटु थियो । हेर्दै डरलाग्दो मान्छे । म केही नबोली क्लास रुमपट्ट िदौडेँ ।”

मोरसिले लामो सास फेर्‍यो । “अनि, तिम्री आमा ?”

मैले सोधेँ । “त्यही मान्छेसँग छन् सायद । चार वर्ष भो हाम्राे भेट भएको छैन । बाबु र आमाबिनाको बाल्यकाल कति भयानक हुन्छ, मैले बुझेको छु । त्यसैले त मलाई लाग्छ, बरु नेपालमा जन्मिएको भए म आफू भाग्यमानी हुने थिएँ । बाबुआमा छँदाछँदै कमसेकम म टुहुरो त हुने थिइनँ ।”

मैले कफीको बिल तिरसिक्दा उसले आफ्नो ओभरकोटलाई शरीरमा उनिसकेको थियो । उसले यति भन्यो र हिँड्यो । उसको ओभरकोट उसरी नै हिउँमा लतारएिको थियो र जुत्ता आधाआधी हिउँमा गाडिन्थे । उसले आफ्नो गति अलि तेज पार्‍यो र विस्तारै हिउँको घनघोर वषर्ामा विलीन हुँदै गयो ।

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.