~बाबुराम पन्थी ‘गुल्मेली’~
साथीहरू भन्छन्
हाम्रो देश बिग्रीयो
हाम्रो देशमा मानवता हरायो !
जनता राजनितिको शिकार हुन बाध्य छौ ।
म सोंच मग्न हुन्छु
मन मनै आफै भित्र प्रश्न उठ्छ ।
एउटा विरामीको पिडा कम गराउने
डाक्टरमा के मानवता छैन ?
साना बच्चा बच्चीको सिंगान पुछ्दै
शिक्षाको ज्योति फैलाउनेहरूमा
के मानवता छैन ?
पशुपतीनाथको बाहीर
वृदाश्रममा खाना बाँड्ने दयालु
मनहरूमा के मानवता छैन ?
दृष्टि गुमेकाहरू लाई डोर्याउने
सारथीहरूमा के मानवता छैन ?
जेलमा वेकसुर थुनिएका नावावालकहरू लाई
आश्रय दिनेहरूमा के मानवता छैन ?
आफ्नै जिवन बेचिएको थाहा नपाएर
बेश्यालय सम्म पुगेका चेलीहरू लाई फर्काएर
आश्रय दिनेहरूमा के मानवता छैन ?
भूकम्पले क्षत विक्षत वनाएको जिवनलाई
आश्रय दिनेहरूमा के मानवता छैन ?
दिन दु:खीको सेवा गर्दै हिड्ने मनहरूमा
के मानवता छैन ?
भ्रष्टचारीलाई किरा परोस भन्दै
आवाज बुलन्द पार्नेहरूमा मानवता छैन ?
आफ्नो पद र आम्दानी छाडेर संसारको कुना कुना बाट
राष्ट्रको लागी जिवन समर्पण गर्छु भनेर फर्किएकाहरूमा के मानवता छैन ?
विदेशमा आफ्नो श्रम बेचेर घर र देशको
खर्च धान्नेहरूमा के मानवता छैन ?
राष्ट्रको लागी पटकपटक मर्न तैयार हुने
जिँऊदा शहिदहरूमा के मानवता छैन ?
निस्वार्थ भावमा देशको सेवा गर्दै गरेका
कर्मठ राजनितिज्ञहरू र कर्मचारीहरूमा
के मानवता छैन ?
वा भिक्षा माग्दै हिड्ने लाचार युवा जोगी लाई
भिक्षा दिने ती वृद्ध आमामा के मानवता छैन ?
हो साथी तिमीले भनेको ठिकै हो
उनीहरूमा मानवता छैन
किनकी
उनिहरू ईश्वरीय काम गरिरहेका छन्
उनिहरू इश्वरीय बरदान हुन् ।
छन् यसै माटोमा हिरा मोतीका टुक्राहरू
हामीले केलाउन सक्नु पर्छ
समुन्नत नेपालको लागी देश लाई
कर्मठ नयाँ सोंचका युवालाई जिम्मा लाउनु पर्छ
छन् कोही राष्ट्रका दुष्मनहरू
हर तरहले मानवता गुमाएकाहरू
अब हामी युवाले नै तह लगाउनु पर्छ ।
मेरो मातृभूमीको आँगनमा
जब सुविचारको फूल फक्रीएर
सुगन्ध फैलिने छ
तेती खेर निस्तेज हुने छन्
नेपाल आमाका दुष्ट लेण्डुपेहरू ,धर्म बेच्ने दलालहरू
जनताले लखेट्ने छन् एकदिन
ति अस्थिरता निम्ताउने बिध्वम्सकारीहरू लाई
र बन्ने छ सुन्दर शान्त र संवृद्द नेपाल !
बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )