~डम्बर पौडेल~
भ्रष्टाचार व्याप्त छ देशमा
कसले बोल्ने ?
जाल ,झेल र कमिसनतन्त्र छ देशमा
कसले रोक्ने ?
कालो बजारी र तस्करी बढ्यो देशमा
कसले हेर्ने ?
जो देश चलाउने ठाउमा छन्
उनीहरु त्यसैको आडमा छन्
जो कानुन बनाउछन देशमा
उनै कानुन मिच्ने गर्दछन
जसले कानुन लागु गराउछन देशमा
उनै कानुनमा बस्न सक्दैनन
शान्ती र सुरक्षा छैन देशमा
हत्या , आतंक र बलत्कार बढ्यो देशमा
हेर्ने को त ?
जो ठाउमा जिम्मेवारी सम्हालेका छन्
उनै शान्ती र सुरक्षा चाहदैनन
उनीहरु नै हत्या र हिंसामा
प्रत्यक्ष वा अप्रत्यक्ष
संलग्न भएका छन् |
कानुन चाहिदैन देश चलाउन
किनकी कानुन मिच्नेहरूको
भिड बढी सकेको छ
सत्तामा बस्नेहरुले
देश चलाएको देखिएन
भ्रस्टाचारी र तस्करहरुले चलाएका छन्
आसे पासे र नातेदारहरूको
भजन मण्डली बनाएर
देशलाई अधोगतिमा धकेलीरहेछन
जनताको पसिनाको मुल्यको करले
अलिसान बंगलामा साम्राज्य जमाएर
मोज मस्ती गरिरहेछन
जनताहरु रोग ब्याधले
ग्रस्त भएका छन्
बेरोजगारी , अशिक्षा र कुपोषणमा
जकडिएका छन्
तर तिनको दर्द बुझ्ने कसले ?
नेता सबै छोटे राजा
आफ्नै भजन मण्डलीमा
व्यस्त छन्
कर्मचारी नेताका सुसारे भएका छन्
कार्यालय धाउनेहरु
पार्टीका कार्यालयतिर
धाउन थालेका छन्
शिक्षा बाड्ने शिक्षकहरु
पार्टीका प्रशिक्षण तिर धाउदैछन्
स्वास्थकर्मी , प्रहरी प्रसासन
पार्टीका निती र कार्यक्रम
अनुसार चल्दैछन ||
आखिर जनता
पिसिएकै छन्
भुटीएकै छन्
सत्तामा रजाई गर्नेहरु
माथी बसेर हेर्दै
थपडी बजाएर
रमिते बनेकै छन्
यसैमा उनीहरुको भलो छ
दुई चार करोड कमाउने थलो छ
आखिर देश निरिह छ
अगुल्टाले हानेर लखेटिएको कुकुर झैँ
डरले लुकेको छ
जताततै घाउ , चोट र दर्द बोकेर
आफैमा आफैलाई धिकार्दै
करौडौं सन्तानको आङमा
दुई चार जनाको हालि मुहाली देखेर
देश एकहोरो बनिरहेछ
आशु सुकेको आखा झैँ
बाक्य बसेको मानिस झैँ
मष्तिष्क बिग्रेको पागल झैँ
छटपटाईरहेछ देश
जनताहरु आशामा
निरासाका खडेरीहरु बोकेर
सुस्ताई रहेछन , अभावै अभाबमा
सोधिरहेछन देशलाई
जन्म दिएर किन बेसहारा बनायौँ
आकाश जमिनको खाडल खनेर
किन तिमीले
कसैलाई काखा र कसैलाई पाखा बनायौँ |||
डम्बर पौडेल
चानुवा -८ ,धनकुटा
हाल :- कतार