~निमेष गिरि~
सरकार, म विर्खवहादुर
यो देशको माटोको कुनै भाग
मेरो पसिनाले सिंचिएको छ
सवैलाई भाग लगाउदा
करोडौ टुक्रामा एक टुक्रा
मेरो पनि हक लाग्नेछ
त्यसैले सरकार
मलाई मेरो टुक्रा फिर्ता देऊ
म तिम्रो अधिनस्थ हुन चाहान्न
म आफ्नै संविधान जारी गर्नेछु
सुरक्षा निकाय र विकासका खाका
म आफै कोर्नेछु
त्यो एक टुक्रामा वस्ने
मेरो पहिचान र भाषा
संस्कृति र सभ्यता
स्वतन्त्रता सम्मान र अधिकार
त्यहि माटोको हुनेछ
तिम्रो सत्तामा
मैले उन्मुक्त श्वास फेर्न सकिन्
मेरो संस्कार र सभ्यताको
लाली गुराँस फुल्न सकेन
समानता र स्वतन्त्रताको के कुरा
सुरक्षित र त्यो माटोको
झटकेलो सन्तानको अधिकार
नपाएको म विर्खवहदुर
२ गाँस राशनकोलागी
कहिले अरब , बहराईन र कोरीया
कहिले गोर्खालि पल्टनमा
गोलीसंग साटेको जिवनको
प्रतिफलको अर्थमा
तग्रिएको तिम्रो अर्थशास्त्रले
म हुनुको अस्तित्वलाई
तिरस्कार गर्दै
मेरो अर्थले धानेको तिम्रो अर्थतन्त्र
मेरै उपहासमा अट्टहास गर्छ
मानिस हुनुको मेरो नैतिक
अधिकारको खुल्ला विरोध गर्छ
जव म तिम्रो किमार्थ हुन सक्दिन भने
मैले र मेरा सन्तानले किन गाऊने तिम्रो गित
मेरो रोग र भोकको अन्त्यकालागी
मौन वस्ने तिम्रा आवाजहरु
मेरो पनि पहिचानको मुद्धालाई
वर्खास्त गर्ने तिम्रा सन्तानहरु
खुल्ला सडकमा आफ्नो स्वथ्र्यको लागी
बन्दको आहान गर्ने त्यो जमात
जसले वुझ्नु पर्ने
त्यो बन्दले मेरो पसिना वन्द गर्छ
तर, पेटको मुसा दौड जारी रहन्छ
तिमीले झोसेको आगोले
मेरो छोरोको स्कुलको वाटो वन्द हुन्छ
त्यसैले ,
सरकार म तिम्रो जमिनमा
म भएर वाँच्न, हाँस्न र नाच्न नपाउने भए
मलाई मेरो भागको जमिन फिर्ता गर !
– निमेष गिरि , दुबाई