लघुकथा : डिल्ली थामी

~रामचन्द्र खतिवडा~ramchandra-khatiwada

डिल्ली थामीले मलाई विगत सुनाउँदै भने– “हामी सिन्धुपाल्चोकको विकट गाउँमा बस्छौँ । हाम्रा पुर्खाको पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा पिस्करमा रगतको खोलो बग्यो । हामीले छयालीसमा होस्, या बैसठ्ठी–त्रिसठ्ठी सालको आन्दोलनमा निरङ्कुश शासनसत्ताको विरुद्धमा आन्दोलन ग¥यौँ । खै आजसम्म हामीलाई कुनै सुखसुविधा प्राप्त भएन । हामी अहिले पनि दुःखको जीवन बाँचिरहेका छौँ ।”

मैले उनलाई भनेँ त्यसपछि– “यस्तै हो डिल्लीजी, सहिदको रगतमा आहाल खेलेर हाम्रा नेता मोटाएका छन् ।”

(स्रोत : सुरभि साहित्य प्रतिष्ठानद्वारा प्रकाशित रामचन्द्र खतिवडाको “दमिनी कान्छी” लघुकथा सङ्ग्रहबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.