कविता : एउटा मान्छे

~कृष्ण कट्टेल~Krishna Kattel

आज पनि उनी
हराइरहेका थिए
मध्य दिनमा, टन्टलापुर घाममा
भिडभाडको बिचमा
मध्य निन्द्रामा ।

लाग्थ्यो उनी मेटिरहेका थिए थकाइ
सोचिरहेका थिए भाग्य
अनि छोट्टिरहेको भविष्य ।

कहिल्यै दया नदेखाउने शहरमा
देखाइरहेको थियो सत्कार
उन्को मुस्कानले
पिल्सिएको शरीर र
थिच्चिएको शीरले ।

धेरैले सोच्दा हुन्
को होला यो सत्तरी बर्ष काट्नै लागेको जीवन १
उसले बोकेको नाम्लो डोरी
अनि डोरीसँगै लट्पटिएको अजंगको भारी १

उनको खाली खुट्टाले
ठेला फुटेको हत्केलाले
चाहुरिएको अनुहार र
दोव्रिएको पेटले कहिल्यै विद्रोह गरेनन्
बरु हाँसिरहे अभावमा पनि
बडेमान भारी उचालेर ।

म सोचिरहेछु
उसको सरकार कहाँ होला १
सन्तान कहाँ होलान्
अनि कहाँ होलान् भगवान १
जसले देख्छन् कि देख्दैनन्
यी उम्लिरहेका पसिना
फाटिरहेको मन्
अनि उध्रिएको भाग्य ।

आखिर कसले लिइरहेको छ
उसको परिक्षा रु
केश फुलिसकेर हड्डी खिइँदापनि
थकित मन् र अनुहार चाउरिसक्दा पनि
धेरै पहाड उचालेर पछार्दापनि
पास नहुने त्यो परिक्षाको
पूर्णाङ्क कत्ति हो ?

बर्षौदेखि फाटेको भोटो
र टालेको सुरुवाल देखेर
यो दुनियाले जे भनोस उसलाइ
तर म भन्छु उ मेरो गरु हो
उसकै संघर्षले बटुलिदिएको हो
म भित्रको आँट
जन्माइदिएको हो म भित्रको मान्छे
जो मान्छे लागिरहेको छ
पसिनालाइ पत्थर बनाउन ।।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.