गीत : रिसाउने बानी

~सोम खनाल~som-khanal

रिसाउने बानी छाड्नुपर्छ नानी
रिसाएर भलो हुन्न भन्ने जानि जानि

रिस उठ्छ जैले जैले चुप लागि हाल्नु
रिस उठ्ने माहोल बाट टाढा भागी हाल्नु
रिसाएर कैले पनि बन्दैन है काम
रिसाउने मान्छेको त रिसाहा हुन्छ नाम

रिसाउने बानी छाड्नुपर्छ नानी
रिसाएर भलो हुन्न भन्ने जानि जानि

कुरा बुझ्ने मान्छेहरु कहिलै रिसाउदैनन
मनको सङ्लो पोखरीमा मैला मिसाउदैनन
कतै फोहोर रैछ भने बरु धोइदिन्छन
साह्रै रिस उठ्यो भने घुक्क रोइदिन्छन

रिसाउने बानी छाड्नुपर्छ नानी
रिसाएर भलो हुन्न भन्ने जानि जानि

– December 24, 2010

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

1 Response to गीत : रिसाउने बानी

  1. Shara Poudel says:

    Risaaune maatra haina anawasyak sanka garne baani ani arulai na raamro dekhayera aafnu raamro banna khojne baani pani hataunu parcha hai naani baabu ho ??????

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.