हे जिउँदा युवा हो देश तिम्रो हो जाग उठ !
हत्यारा भोगीलाई मेरो कब्जामा राखी देश चलाउनु
जलाउनु मेरोसाथ् ति जिउँदा लाशलाई
नयाँ नेपालको संरचना गर्नु छिमेकीको मुकाबिला गर्नु
देखाउनु पूर्खाको इमान सम्मान देश बनाउनु !
आज देख्दैछु त्यो दृश्य म जुन नेपाली युवा भोग्दैछन्
समाधान गर्नुछ स्वदेशमै अब बसेर !
अब कहिल्यै रातो बाकस बोकेर बिमान नआओस्
देशले अङ्गालोस् युवाहरुको जिउँदा आवाजहरु
युवाले सम्हालुन बर्तमान राजनीतिका बिधिहरु
देशका मुसा धमिरा ब्वाँसा गिद्ध फ्याउरा बौलाहा कुकुरहरुको
दिनै पर्छ मृत्यु दण्ड यी परिजिबिहरुको
मोहन आचार्य जलद/ इन्द्रेणी शर्मा
लिस्बोन पोर्तुगल
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )