~कात्यायन~
– मैले मेरा सुन्दर बगैँचा मासेँ र खाल्डो खनें |
– छिमेकीहरू आएर हेरे र भने – आहा ! कति सुन्दर खाल्डो !
– फर्किए पछि सबै छिमेकीहरूले पनि आ-आफ्ना बगैंचाहरू मासे र खाल्डोहरू बनाए |
– विस्तारै खाल्डोहरू खन्ने अभियान नै शुरु भयो | पूर्वदेखि पश्चिमसम्म र उत्तरदेखि दक्षिणसम्म खाल्डै-खल्डाहरू निर्माण हुन थाल्यो |
– र माथिबाट ती खाल्डाहरूमा झ्यास-झुस र हरिया स्याउलाहरूले छोपिए – धराप स्वरूप !
– सबैलाई थाहा थियो – जो कोही पनि पर्न सक्ने छन् ती कूपहरूमा ! म स्वयं, ऊ वा त्यो !
– समय ! केही क्षण प्रतिक्षा गर अनि निर्णय पनि कि, कसको पहिला पालो आउँछ भनेर !
चाबहिल, काठमाडौँ – ७ |
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)