~पुरुषोत्तम सुवेदी~
नेपाली मन छन कती घमन्डी -कतै दु:ख कांही ह्युस्की बरान्डी ।।
—————————————————————-
कोही झुप्रोमा खोले छैन – कतै भोज भातेर छ –
सधैं धन को पछी कुद्ने – जन ले कसलाइ टेर्छ –
शोषक जती पाखा सरे – मुर्ख अघी सरे –
कायर जती सबै भागे – सत्जन सबै मरे –
बिर्सि सक्यौ आफन्त पनि – सबै भन्दा ठुलो हो धन भनी ।।
—————————————————————-
आफ्नै बिचार उचित ठान्ने- मै राम्रो हुँ भन्ने –
धन र बलको घमन्डले -कोही कसलाइ न गन्ने –
पहाड मधेस यऊटै भुमी -नाप्दै छन दुई कित्ता –
सौताकोरिस पोइको काखमा -राम्बरण लाई चिट्टा –
जनता लाई नगर हेलां -छेउको सियो माझैमा कोही बेला ।।
—————————————————————-
गरिविले सिमै नाघ्यो -उर्ल्यो मंगाइ झनै –
तस्करलाई कन्ट्रोल गर्ने -छैन सिस्टम कुनै –
अपहरण फिरौतिले – नेटै काटी सक्यो –
प्रशासन ले कानमा बुजो -लगाइ लुकी बस्यो –
कस्ता सासक परेछौ कुन्नी – जन आवाज कोही पनि नसुन्ने ।।
—————————————————————-
कोही भन्छन जनतन्त्र -कतै मधेस हाम्रो –
कोही भन्छन पार्टी राम्रो -कोही जाती हाम्रो –
कतै माग्छन गाई को भतेर् -कतै हिन्दू राज्य –
कोही भन्छन बुद्ध हाम्रो -कतै मन्दिर हाम्रो –
भात्काउन लाई सजिलै भयो -नया नेपाल बनाउन धौ भयो ।।
—————————————————————-
कतै बन्दुक मुसार्दै छन – संझौताको सान्ती –
न कोही कसको मलामी त-न कोही कसको जन्ती-
धनको झोकले बाउ लाई खुर्पा -गाउले लाई कसला –
गृह युद्ध हुनै थाल्यो – राजनिती म स ला –
ढुङ्गा टोक्ने मन रैछ तिम्रो-गाई लाई पराल भैंसिलाइ कुटिम्रो ।।
—————————————————————-
कोही कतै च्याउ छोडेर-घिउ भात खाने भय –
चर्का नारा बेतुक संझी -धेरै मुग्लान गय –
मुग्लान पसी धनको धाक मा -नेतै नेता भय –
मुर्ख बुद्धी घमन्डी मन -कसको होला जय –
कुत्ता सरि यक बार को जूनी फ्याम्ली संग भेट कहिलेइ नहुने ।।
—————————————————————-
घिउ खानेको हातको लगाम -गाइ खानेको हातमा –
नयाँ नेपाल बनाउने रे – कौडी छैन साथमा –
नारा पर्यो उत्तरको – मेल कतै खांदैन –
थर्काइ लुटि खाका सबले -त्यो बानी जादैन –
तिम्लाई मस्ती जनता लाई चटारो -आय आप गय त्यै झटारो ।।
—————————————————————-
-कलङ्की, काठमाडौँ
(स्रोत : मझेरी डट कम)