कविता : सजिब चित्र तिमी

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

मेरो कथामा छुटेको पात्र तिमी
मेरो संगीतमा छैनौ तिमी
गरु म तिमीलाई लयमय बासुरीमा ?
भो गाउँदीन तिमीलाई बेसुरमा ।

चुम्बन गर्दै
आलीङ्गन गर्दै
मस्त तिम्रो बक्षस्थलमा लरबराउँदै
मदको सुरमा तिमै्र नाम कराउदै
गरु म तिमीलाई लयमय बासुरीमा ?
भो गाउँदीन तिमीलाई बेसुरमा ।

मेरो जिबनको आकार तिमी
सलबलाउने सजिब चित्र तिमी
कोँरु म तिमीलाई दुरुस्त मरो पत्रमा ?
भो गाउँदीन तिमीलाई बेसुरमा ।

हावाको सुसेलीमा
तरङ्गीत पानीको बँुदमा
मेरो अ‍ैंलाको स्र्पशमा रमाउने
एकान्तमै मुटु कमाउने
गरु म तिमीलाई लयमय बासुरीमा ?
भो गाउँदीन तिमीलाई बेसुरमा ।

मेरो बलेसिमा तप्कीने पानी तिमी
हरेक झरीको नियास्रो मेटाउने तिमी
भरु म तिमीलाई मेरो अँजुलीमा ?
भो गाँउदिन तिमीलाई बेसुरमा ।

मेरो कथामा छुटेको पात्र तिमी
मेरो जिबनको आकार तिमी
गरु म तिमीलाई लयबद्द बासुरीमा ?
भो गाउँदीन तिमीलाई बेसुरमा ।

……नोभेम्बर ६ २००९

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.