~गोपाल कडेल~
समय चिन्ने छिटो,आनीबानी पनि गज्जब लग्यो
माया उस्तै मिठो,आनीबानी पनि गज्जब लाग्यो l
ओइ ! म्यासेन्जरमा फोटो पठाको छु हेरेर कमेन्ट गर है ?
मनमा राखे यही ठिटो,आनीबानी पनि गज्जब लाग्यो
दुख: त कति हो कति, फर्केर आए बा !
सम्झेर तपाईंको अर्ती,फर्केर आए बा !
बिदेश गएँ सुन फल्ने पाखो बाझो छोडी
देशमै रैछ पैसा जति फर्केरआए बा !
पिएँ शराब,खेले जुवा-तास सम्पत्ति सकियो
आजसम्मको पसिनाको सबै प्रगति सकियो ल
तिमी झुल्के घाम,अर्कैको लागि उदाइ दिनु
रित्तो भए म त,आफै ब्यूझने बिहानी सकियो ll
-गोपाल कडेल
चितवन l
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )