गजल : फोटो हेरी बस्छु

~पलपल मोक्तान~palpal-moktan

फोटो हेरी बस्छु म त मुहार देख्न कहिले आउने होला
सात समुन्द्र पारी छ मेरो माया फर्की कहिले आउने होला

सबैले भन्ने गर्थे क्या गजबको जोडी हेर
फेरी पनि उनको र मेरो जोडी क्या सुहाउने होला

पर्खी बस्छु म त सँधै तितामीठा कुराहरु सुन्नलाई
मधुर माया दिँदै मिठा खाना उनकै हातले खुवाउने होला

मित्रहरु भन्छन् होला फुलोस् फलोस् यो जोडी
उनको मेरो सत्रुले देखे भने कुरा काट्दै च्याउने होला

प्रतिक्षामा नै बस्यो ‘पलपल’ उनि आउने दिन गनी
आएपछी मायाको बलियो घरजग बनाउने होला

पलपल मोक्तान
प्रिती – २, रामेछाप

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.