~रेनुका पौडेल “आहत”~
कहानी अनेकौं बनाएर जाऊ
लताको घडी नै समाएर जाऊ
तिमीले मलाइ रुवाइ गएसी
म भाको छु मुर्दा हसाएर जाऊ
तिमी आफु निर्दोष साबित भएनी
विचारिक छ धन्दा रचाएर जाऊ
तिमी जाउ सिन्दुर हाली उसैको
ति जन्ती मलामी जुटाएर जाऊ
चितामा जलाइ तिमिले मलाई
भए अस्तु टिका लगाएर जाऊ
बहर:-मुतकारिब मुसम्मन सालिम
रुक्न:- फऊलुन् गुणा चार
(स्रोत : बिश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरब – फेसबुक पेज)