कविता : महामानव गौतम बुद्ध !

~न्हुछेरत्न बुद्धाचार्य~

‘बुद्ध यो शब्दको महिमा अपार
शाक्यमुनिको बौद्ध दर्शन विश्व शान्तिको महान सन्देश हो
यो भूमण्डलमा संदियौदेखि अँध्यारो पथमा
ज्ञानको ज्योति प्रज्ज्वल गर्नुहुने सर्वाथसिद्ध !

परिवर्तनशील समाजका युगान्तकारी महामानव
दासयुगमा समानताको शंखनाद गर्नुहुने
विश्व शान्तिका महानायक !
एसियाको ज्योति ! महाज्ञानी गौतमबुद्ध !

यो ज्ञानभूमि ! यो पुण्यभूमि !
बोधिसत्वले दिनुभएको पञ्चशीलको सुवास
छरिरहेका छन् यो फूलबारीमा
जहाँ अज्ञानताले घेरिएको प्रत्येक बस्तीमा

तथागतको तपस्या ! अमिताभको महावाणी !
यो नवयुगको आकासमा एक आदर्श प्रज्ञा हो
जगतलाई सुन्दरशान्त पार्ने हौसला दिनुहुने
आराध्य अर्हत्ले दिनुभएको अमूल्य उपदेश
‘बहुजन हिताय, बहुजन सुखाय’
यो लाखौं लाख शोषित पीडित मानवको भलाइ हुने उपदेश
हामीले आजको यो जनयुगमा
यो उपदेशलाई पालन गरेर अघि बढौं !

सन्दर्भ: बुद्धजयन्ती

(स्रोत : मजदुर दैनिक)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.