लघुकथा : जागिर

~प्रेम के निडर~

ब्याचलर पास भएदेखि ऊ जागिरको खोजीमा थियो। उसले नघुमेको र नसोधेको अफिस नरहेको जस्तो भइसकेको थियो उसलाई। उसका धेरैजसो साथीहरू जागिर खाएर घरजम गरेर बसिसके। उ आफूले केही गर्न नसकेकोमा साथीहरूसामु लज्जित र दुःखी हुन्थ्यो र बेचैन भएर भन्ने गर्थ्यो – ‘मेरो भाग्यमै जागिर खान लेखेको छैन कि के हो? नत्र त भेट्टाई सक्नुपर्ने थियो। मेरो न सोर्स छ न फोर्स छ न कोही ठूला मान्छे छ। मेरो लागि जागिर अब मेरो पहुँचभन्दा बाहिर जस्तो देखिसकेको छ। यहा पहुँच र पैसा बिना नचल्ने भइसकेको छ। मलाई कहाँ जाऊ, कता जाऊ र कसलाई भेटूँ हुन्छ। रातमा पनि निदहराम हुनथाल्यो। सपनामा पनि बहुलाजस्तो अफिस अफिस चहारेर हिंड्न थालेको देख्छु।’

सपनामा एक दिन ऊ जागिर नपाएर हैरान भएर मन्दिरमा गई भगवानसँग बिलौना गर्दै रुन थाल्यो ‘म दुखीको कोही सहारा भएन प्रभु। हजुर नै मेरो सहारा हुन्। मैले जागिरको लागि धेरै प्रयास गरें। तर सफल हुनसकेन। प्रभु मलाई एउटा जागिर मिलाई देऊ। म हजुरलाइ कुखुराको भाले चढाउँला। नभए बोको नै चढाउँला।’

ऊ ज्यादै बिलौना गर्दै रोएकोले भगवानलाई दया लाग्यो। भगवान त्यही प्रकट भई भन्नथाल्यो ‘नरोऊ बत्स नरोऊ। तिमी मेहनती र लगनशील छौ। तिमीले जागिरको लागि त्यसरी बिलौना गर्न सुहाउँदैन।’

‘तिमीले जागिरको लागि हामीलाई भोग चढाउने कुरा गरेर हामीलाई लज्जित बनायो। हामी मानिसहरूजस्तो स्वार्थी र मूर्ख छैनौं।’

लज्जित हँुदै भगवानको पाउ पर्‍यो। क्षमा माग्दै उसले भन्यो ‘क्षमा प्रभु। अज्ञानताले गल्ती भयो क्षमा।’

भगवानले क्षमा दिदै भन्यो ‘ठीक छ। आइन्दा यस्तो भगवानलाई पनि भ्रष्ट पार्ने काम नगर्नू। जागिरको कुुरामा मैले केही गर्न सक्तिनं। तिमी गरीब भएको कारण तिम्रो भाग्यमा जागिर लेखेको छैन। तिम्रो देशका मन्त्रीदेखि हाकिमसम्म पैसाको लागि र्‍याल चुहाएर बसेका हुन्छन्। इज्जतको ख्याल गर्दैनन्। तिमीले उनीहरूलाई चित्त बुझाउन सक्तैनौ। त्यसकारण तिमीले जागिरको आस नगर।

‘त्यसो भए हामीजस्ता गरिबहरूले जागिर खानै नपर्ने भयो त? अनि हामीजस्ता गरिबका छोराछोरीले नपढे पनि भयो त?’ भगवानको कुरा सुनेर आश्चर्यचकित हुँदै सोध्यो उसले।

‘हो तिमीहरूजस्ता गरिबहरूका लागि यो देशमा ठाउँ छैन। यो तिमीहरूकेा दोष होइन। तिम्रो देशको व्यवस्था र शासकहरूको दोष हो।’ सम्झाउँदै भन्यो।

भगवानले फेरि भन्यो ‘तिम्रो देशमा परिवर्तन भयो। तर कसैको भावनामा परिवर्तन आएन। तिमीहरू सङ्घर्ष गर्छौं, जसलाई पनि विश्वास गछर्ौं र मान्छे चिन्न सक्तैन। दुःखको कारण नै त्यही हो। अब त्यस्तो गल्ती नदोहो–याऊ। मेहनत गर, त्यसैमा तिमीहरूको भलाइ हुनेछ।’ भन्दै भगवान अन्तर्ध्यान भयो।

ऊ ‘भगवान ! भगवान !’ भन्दै सपनामा रुन थाल्यो। उसको रोदन अर्को कोठामा सुतिरहेकी आमाले सुनिन्। आमा दौडेर आई उसलाई उठाउँदै सोधिन्’ के भो बाबु तिमीलाई?’

छोरो सपनाबाट व्यँुझियो। केही भन्न सकेन। टोलाएर बस्यो।

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.