~डा. जुजु राज श्रेष्ठ~
इमान्दार त्यो
केराउ छोडाउदा
खान्न एउटै
भारी भो छाती
आफ्नै भए नि मन
सुन्दैन मेरो
पराई भयो
आफ्नै मेरै यो मन
तिमी भेटेर
सुध्रेन अझै
छाडेन बदमासी
नेता बन्ने भो
किन डरा’को
पराकम्पन पो त
हो र भूकम्प ?
म चै तिम्रोमा
तिमी मेरो ठाउँमा
आँट्ने हो प्रभु
अहिले घडी
उहिले हस्ताक्षर
चोर्ने आदत
घडी चोरे नि
हस्ताक्षर चोरे नि
चोरै त हो नि
सानै देखिको
बानी पो रै’छ चोर्ने
जान्न सजिलै
कहिले छुट्ने
बिचरा सांसदको
चोर्ने आदत
उस्तै छ बानी
सांसद भएर नि
सुध्रेन चोर
बढेको भत्ता
सांसदहरू लाई
पच्छ कसरी?
तान्दा तान्दै यो
कम जिन्दगी संगै
चूरोट बिडीं
नाकको टप
झरेर नाईटो मा
फेसन रै’छ
ढुंगा बोल्ला रे
बोल्दिन रे म कै’ले
गुनासो मात्रै
कहि नहुने
जात्रा संसदमा
हेर्न के जानु?
पारेर गई
उथलपुथल नै
मेरो जिन्दगी
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )