~त्रिभुवन वाग्ले~
आँखा पनि परेलीमा आँसु भर्ने कुवा भए
आँसुसँगै जवानीका वाचा कसम खेर गए
सूर्यलाई अर्घजस्तै एकातर्फी माया दिएँ
रात धेरै तिम्रा लागि कचौरीमा शराब पिएँ
पत्थर भए तिम्रो मुटु शालीग्राम पूजिदिन्छु
त्यै ढुङ्गोको एकापट्टि मेरो चित्र कुँदिदिन्छु
पीरतिको गीत गाउँदै मेरा धेरै वर्षा गए
आँखा पनि परेलीमा आँसु भर्ने कुवा भए
२०७१ वैशाख १८ गते
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )