~निरज भट्टराई ‘मनोरोगी’ ~
सिन्धुपाल्चोक जिल्ला सदरमुकाम यात्रा
कटि बनदेउ नाका मेरो प्रारम्भ यात्रा ।
लाग्छ यस प्रकृतिय यात्रा सल्लाका सितलता ले
मलाई कैदी बनाई आफ्नो कैद बाट उम्कन
एउटा संघर्षशिल पडाउ पार गर्न मजबुर गर्दै छ
जन्म सङ्घर्षको यात्रा मानसपटलमा छताछुल्ल पार्दैछ
रत्ताम्मे तो सङ्घर्ष ,आज सित युद्धले तयार पारी
एउटा भिषण युद्धको घोषणा गर्न लालायित मेरा सहनशिल
हृदय आज अवसनको संखनाद गर्दै आफ्नो हारको
प्रसंसामा रम्दै छ ।
आज कैद यति मिठो लाग्दैछ कि वि.पि. को जेल जर्नेलमा
एउटा अध्याय थपे पनि कुनै अनौठो घटना हुने छैन ।
यि सुन्दर विसिष्ठ जुगल हिमसृङ्गखल, मेरा काठमाण्डौमा यात्रारत
आखाको धमिलो चित्रन चिर्दै आफ्नो विसिष्ठताको महत्व म माथि पोख्ने,
जुन मेरो हृदयमा ज्वारभाट उत्पन्न गर्ने मिलिन प्रयास गदै थियो,
कसरी यि मेरा, यौवनका ति तातो रगतले सिखरलाई जित्ने एउटा जोस मारेर ,
आफ्नो विजयको विगुल ,म बाट नै जितको हुंकार गर्दै थियो
छहारी एउटा ,सितल यात्रा मननै पगाल्दै
मेरा सहरी यात्रा समाप्तको एउटा पहाड मनमा खसिरहेको थियो
मेरा अनगिन्ती सडक चाप ,असहज यात्राको एउटा भिखारी ,
र आज यस प्राकृतिय सौन्दर्यताको काव्यकार हुदैको आभास छर्दै
मेरो मनमा आफ्नो राज्य स्थापित गरी म माथि बारम्बार जितको
एउटा समुन्द्र मन्थन गर्दै थियो,
लाग्दैछ यि सल्ला नभएर यहाँको पहरेदार हुन
र यिनले आफ्नो राजाको राज्य स्थापितको लागि एउटा
सैनिक जवानको निष्ठा पालन गर्दै यहा आउने जो कोहीलाई
आफ्नो हिरासतमा कैद गगरीरि ,हृदय भेलमा एकैसाथ आक्रमण गरि
जितको सदा रौनक
मा रमाइरहेका छन।
म जितको पर्खाइमा जति पटक पनि फर्कने प्रयास गर्दै थिए
ति कोलाहल पुर्ण आवाजहरु सुन्ने , मेरो निरर्थक प्रयास
मेरा हारका प्रतिकमा रमाइरहेका मेरा हृदय ,मस्तिष्क
आवरण भन्दा बाहिर जान सकेनन र
म आफ्नो हारमा ,मन्द मुस्कान दिएर हेरीरहे
यात्रा विचार
सि.पा. चौतारा
निरज भट्टराई
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )