~सजल महेश आचार्य~
परदेशीलाई कुर्दाकुर्दै बित्ने हो कि जीवन
आँखाभरि खुसी बोकी कैले आउला त्यो दिन ?
बिर्सियो कि निश्ठुरी भई, पठाउँदैन खवर
आफैं भेट्न जान्थें बरु, कुन होला शहर ?
बटुवाहरू देख्दा झुक्किरहन्छु म छिनछिन
आँखाभरि खुसी बोकी कैले आउला त्यो दिन ?
लामो पर्खाइ भैसक्यो, अझै भेट भएन
कुनै दिन त होला भेट, आशा भने गएन
पीरैपीर छ छातीभरि सुकिसक्यो यो तन
आँखाभरि खुसी बोकी कैले आउला त्यो दिन ?
(स्रोत : मधुपर्क २०६२ माघ)