कविता : अतितका ईन्द्रेणी पल

~राज थापा~Raj Thapa

आज खोज्दैछु तिमीलाई
अतितका यादहरू पल्टाई
जतनले राखेको त्यो फोटो
घरी घरी हेर्छु चस्मा लगाई

भेटहुन्न अचेल सपनीमा हाम्रो
बिर्सियौकी अतितका ईन्द्रेणीपल

सपना सजाई रहनु , म परेलीमा हुँनेछु
तिमीले सम्झेको रात, म त्यही हुनेछु
मेरो बदनाम किन नहेस बरू अब
तिम्रा आँशु रोकी हँसाई राख्नेछु !

– राज थापा
लिम्रीक, आयरल्याण्ड !

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.