~टेक विवश आर सी~
१
त्यो दिन मेरा लागि निकै खास हुनेछ,
तिमीलाई पनि थोरै हर्षको आभाष हुनेछ,
साथिहरु बटुलेर मिठ्ठो भोज खुवाउनु,
जुन दिन चिता माथि मेरो लास हुनेछ ।
२
सम्झेनौ वर्षदिनको दशैं, न तिहार सम्झियौ,
सम्झेनौ साथि भाई, न आफ्नो प्यार सम्झियौ,
कति दुःख गर्छौ ए परदेशी विरानो मूलुकमा,
सम्झेनौ वावाको आशिर्वाद, न आफ्नो निधार सम्झियौ ।
३
तिम्रो दुःखमा रुन्छु अनि सुखमा रमाउँछु कहिल्यै भनिनौ,
तिमीसंगै जीवनका पलहरु विताउँछु कहिल्यै भनिनौ,
कसरी विश्वास गरुँ र कुन आश लिएर पर्खि वसुँ
जान्छु भनेरै गएकी हौ जान त आउँछु कहिल्यै भनिनौ ।
-रुकुम
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )