मनमा अचानक साथीको घर जाने इच्छा जन्मियो | निकै नियन्त्रण गर्न खोजे तर सकिन र लागे गन्तव्य तिर | हिड्दा हिड्दै बाटोमा सर्प देखे | यस्तो अनौठो सर्प देखेकी थिइन मैले आज सम्म |
सर्प हरुमा पनि पृथक रंग अनि स्वरुप ! त्यो सर्प ठीक मेरै सम्मुखमा आएर शिर ठाडो गरी उभियो |
मनमनै सोचें , ” आह ! म कति भाग्यमानी जो यस्तो अनौठो सर्प देखे | निसन्देह यो त इश्वरकै अर्को रुप हो !” रम्दै दुइ हात जोडी प्रणाम गरें | यताउति हेर्दा कहिँ फुलको बोट पनि देखिन , छेउकै हरियो पात चुँडेर सर्पको सामु के राख्न खोजेकी थिएँ सर्पले त मलाई नै डस्न आयो , म तर्सिए र आफुलाई बचाउदै त्यहाँ बाट भागें धेरै टाढा | सम्पूर्ण शरीर काँपिरहेको थियो त्रासले ! एकपललाई लाग्यो मेरो देह नै त्यागिदियो आत्माले ! ढुकढुकी ठप्प अडियो भयले ! देवता सम्झी पुज्न खोज्दा सर्पको डसाई बाट झन्डै मरिन |
निकै बेरको त्रसित शुन्यता पछी जब देहमा आत्माको उपस्थिति पाएँ अनि एक्लै बर्बराउन थालें , ” गल्ती मेरै थियो जो सर्पलाई भगवानको अर्को रुप सम्झी पुज्न अगि बढें, होशियारी अपनाई तर्किएर आफ्नो बाटो लाग्नुको सट्टा ! अहिन्दा सर्पको यस्तो विषालु रुपलाई बिर्शिएर देवताको संज्ञा दिई पुज्ने गल्ती कहिल्यै गर्ने छैन !
अ हँ , कुनै पनि हालतमा गर्ने छैन !” प्रण गरें आफैसँग !
कुश्मा , पर्वत
हाल इजरयल
(स्रोत : रचनाकारको ब्लगबाट सभार)