~बिष्णुमाया बिभु~
आफ्नै बल बुद्धिले कमाएर खान्छ नेपाली
केबल पौरखमा आफ्नै रमाएर खान्छ नेपाली
ज्यून चाहन्न बिलासले, बन्दैन दास कसैको
मिहेनतको रगत पसिना जमाएर खान्छ नेपाली
साना-तिना पिडामा रोकिँदैन वीर गोर्खाली
दु:खमा पनि घाम झै घमाएर खान्छ नेपाली
बिशाल धर्ती निलो आकाश बनाउँछ घर त्यसै माझ्
मरुभुमीको ढुङ्गा पनि रसाएर खान्छ नेपाली
बिष्णुमाया बिभु
अध्यक्ष
अन्तराष्ट्रिय नेपाली साहित्य समाज, नर्बे (अनेसास नर्बे)
ठेगाना: कावासोती नवलपरासी
हाल: बोडो नर्बे
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )