~गोविन्ददेव आचार्य~
बने एक्ला सयौँ काली हिँडे खाडी सयौँ काले
रुँदै ढल्छन् कठै आमा बिदा गर्छन् रुँदै बाले ।।
छ आँखामा यही माटो, हरे ! आत्मा छ नेपाली
सकार्दै छन् उतै “कुस्ती” सुकेका रिक्त आन्द्राले ।।
न आँखा स्वप्नले चम्के न बाँड्यो नीदले चैन
भिजेको वस्त्रमा आई अँगालो माग्छ बच्चाले ।।
बलेको ब्याजमा सल्की गरा घट्दै बने सुर्का
मझेरीको अगेनामै कुवा खन्दै छ छानाले ।।
म ठान्थेँ मिल्दछन् सच्चा अनेकौँ कृष्ण मान्छेमा
कहाँ “गोविन्द” भेटिन्थे भजी सङ्कीर्ण आँखाले ।।
सूत्र :- ।ऽऽऽ × चार
बहर-ए हजज मुसम्मन् सालिम ?
– विदुर न•पा• 3 शेरा, नुवाकोट ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)