कथा : नस, निशा र नासा

~केशव भट्टराई~keshab-bhattarai__1

उसको खराब लत थियो। पढाइको लगाब संगै उसले आफ्नो बैचारिक शक्ति गुमाइरहेको थियो। घरबाट हरेक दिन सिगरेट पिउन नजिकैको रेस्टुरेण्टमा जाने गर्थ्यो, अनि सिगरेटको धुवा फोक्सोमा भरेर घरमा फर्किन्थ्यो। रक्सीको मात हप्ता हप्तामा साथीको घरमा गएर लगाउथ्यो। एकदिन साझको बेला साथीको घरमै हातको नसबाट कोकाइन लिएपछि ऊ भुइमा बेहोश हुदै लड्यो। ऊ जब होशमा आयो, मानसिक स्थिरता पनि आफूसंगै गुमाएको थियो। त्यसको प्रभाव उसमा सधै रहिराख्यो। मेडिकेसन भइरहदा संयोगबस उसको एकजना केटिसंग भेट हुन पुग्यो जसको नजरमा ऊ एकदम राम्रो उमेद्वार प्रेमी बन्न पुग्यो। केटिको नाम निशा थियो, निशा उसलाई भरपूर्ण माया गर्न थाली। निशा को माया ले उसको मेडिकेसनमा सुधार हुदै गयो र उसको मानसिक स्थिरता, बैचारिक शक्ति र पढाइ क्षेत्र पनि दृढ बन्दै गयो। उसलाई संसारको सबैभन्दा चरम आनन्द प्राप्त भयो। दुबैजनाले प्रेम को यथा आनन्द लिन कुनै कसर बाकि राखेनन्, त्यो पल सधै उसको लागि जीबनको हरेक प्रश्नको जवाफ भइराख्यो। ऊ निशासंग बर्षौ साथ बितायो र अदृश्य शक्ति साक्षी राखेर आफ्नो जीवनसाथी पनि बनायो। यसै क्रममा एकदिन निशा र आफ्नो गोपनियताको लागि उसले एउटा यस्तो भौतिक संरचनाको आविस्कार गर्यो जहाँ ऊ र निशा सबैको नजरमा अदृश्य रहन्थे। बैज्ञानिक खोज, लेख र अनुसन्धान पद्दतिको अधारमा उसले त्यो भौतिक कोठा रुपी संरचनाको निर्माण गरेको थियो। उनीहरु त्यो अनौठो बन्द कोठामा दिनौ बिताउथे। एकअर्का भएपछि सारा दुनियालाई बिर्सिन्थे। एकदिन कोठामै बसिरहेको बेला निशा र उसको बार्तालाप यस्तो थियो।

निशा : मेरो जान! माया चिज ईश्वरको रचना हो। यसलाई कहिले पग्लिएर जान नदिनु।

ऊ : जसको मनमा कसैको सच्चा माया लाग्छ भने उसको लागि त्यहि माया ईश्वर ठहरिन्छ। तिमीलाई कसरी संझाउ कि मेरो लागि तिम्रो अस्तिस्त्व कतिसम्म छ भनेर। मेरो तनको हरेक कोषहरुभित्र तिमीलाई महसुस गरिरहन्छु। अब मेरो सोच, अस्तिस्त्व र महत्वकान्क्षा सबै तिमी हो।

निशा : तिमीले मलाइ सधै यसरी नै चाहान्छौ प्यारा ? मैले तिम्रो अविरल मायामा कमि आएको देख्न सक्ने छैन।

ऊ : माया के हो यो तिमीले मलाई सिकाएकि हौ। मलाई तिमीलाई माया गर्नु सिवाय अरु केहि पनि आउदैन। तिमी किन नबुझेको म तिमीलाई यति धेरै चाहन्छु भन्ने कुरा ? त्यहाँ कुनै ब्यक्त गर्ने साधनको आविष्कार अझै भएको छैन त्यसैले मेरो शब्दहरु ब्यर्थ हुनेछन मेरो महसुसहरुलाई तिमीसामु पुर्याउनको लागि। के भयो मेरो तिमीलाई प्यारी ? म तिमीलाई धेरै माया गर्छु।

निशा : म तिमीलाई संसारमा नै सबैभन्दा धेरै माया गर्छु, एकदम धेरै। म तिम्रो मायालाई पनि बुझ्न सक्छु। तिमीले जस्तो माया र आफ्नोपन यो दुनियामा कसैले पनि कसैको लागि निभाउन सक्दैन। त्यसैले डर लाग्छ कि कुनै त्यस्तो समय आयो भने ताकि तिमी मेरो साथमा हुनेछैनौ। मेरो मन भयानक डराउछ कि तिमी मसंग टाढा भएको देख्न असम्भव छ अब।

ऊ : प्यारी म पनि त्यहि आसंकाले एकदम डराउथे। मेरो जान, साचो कुरा त यो हो कि मायामा जुधाइ साथ साथै चलिरहन्छ जसरी उज्यालो ठाउमा जादा छाया पछि लागे जस्तै।

निशा : के तिमी म बिना जिउन सक्नेछौ ? मेरो कुराहरु, मसंगको यादहरु, मेरो नयनहरु भुलाउन सक्नेछौ ?

ऊ : अहिलेसम्म यस्तो कुराहरु सोचेको छैन मैले। यदि एक पलको लागि मात्र भए नि सोचे भने मेरो सास बन्द हुन लाग्नेछ।

निशा : मेरो यति धेरै माया तिमीलाई किन लाग्छ ? म एक साधारण केटि तिमीलाई किन यति धेरै महत्व लाग्छ ?

ऊ : तिमीले आफुलाई मेरो आखाबाट देखेकी छैनौ, कुनै बेला देख्ने कोसिस गरेउ भने आफै थाहा पाउनेछौ कि तिमी मेरो पागलपना किन हो भन्ने कुरा।

निशा : मलाई यसरी किन देख्छौ त ? तिमीसंग हुदा म जस्ति केटि भएपनि आफुलाई ठूलो अस्तिस्त्व भएको महसुस गर्छु। तिम्रो साथ् हुदा कुनै कुरा को डर र चिन्तन हुदैन।

ऊ : मेरो बाबु, हरेक मानब जातिलाई कुनै न कुनै चिज धेरै अनमोल लाग्ने गर्दछ। जब तिमीलाई देख्छु, मलाइ मेरो जिन्दगी महसुस हुन्छ। मेरो सबैभन्दा सानो र ठूलो दुवै चाहना तिमी हो। मेरो उद्देश्य र भबिष्य नि तिमी हो। प्यारी तिमी त्यो हो जसको मलाई सबै भन्दा धेरै जरुरत छ सदा सदाको लागि।

निशा : मलाई कुनै अनमोल चिजको ज्ञात छैन प्यारा, मलाई यत्ति थाहा छ कि मेरो मनमा तिमीलाई मात्र अटाउन सकु। तिमीबाट टाढिएर कुनै जीवन जीउनु छैन मलाई। तिमी मेरो हो अनि म मात्र तिम्रो। मलाई मेरो अन्तर्मनका महसुसहरु ब्यक्त गर्न आउदैन प्यारा, मलाई त तिमीलाई सताउन मात्र आउछ। तिमी बुझ्छौ नि कि म तिमीलाई कति माया गर्छु भनेर ?

ऊ : माया भन्ने मनबाट मात्र बुझ्न सकिन्छ प्यारी, मलाई तिम्रो निशब्दले तिम्रो कुरा गरिरहन्छ।

निशा : तिमीलाई जस्तो कुरा गर्न कसलाई आउछ र ? तर यी कुराहरु ज्यादै मिठो लाग्छ। मलाई यी कुराहरुले धेरै ठुलो राख्छ प्यारा।

ऊ: यी सबै कुराहरु त एउटा फसाउने बहाना हो कि जीन्दगीमा केहि पलहरु तिमीसनगै बितेर जाउन अनि त्यसपछिका बाकि पलहरु शुन्य भएर जाउन।

निशा : म बाहेक यदि तिम्रो जीवनमा के कुरा चाहत हुनेछ ? यदि म असफल भए भने तिम्रो दोस्रो चाहना के रहनेछ ?

ऊ : तिम्रो साथ् पछि मलाई संसारको नियम बुझ्नु छ, तिम्रो अप्राप्ति को राज बुझ्नु छ। संसार को आफ्नै बास्तबिक रुप हुन्छ, जुन मानब कथन बाट धेरै टाढा हुनेछ। समीकरणको सहि समाधानबाट मात्र यो सम्भव हुनेछ। त्यो समीकरण क्वान्टम समीकरण को एउटा हिस्सा हुनेछ, क्वान्टम समीकरण हाम्रो दिमाग हो र हरेक सोचहरु त्यस समीकरणका समाधान हुनेछन। जुन मध्ये सहि समाधानहरु नै वास्तविक संसारको नियम हुनेछन। मैले आफ्नो सबै जवाफ हरु त्यहि माध्यमबाट पाउनेछु।

निशा : तिमी क्वान्टम समीकरणको समाधान यहिबाट कसरी थाहा पाउनेछौ उसोभए, के त्यो समीकरणमा म पनि हुनेछु प्यारा ?

ऊ: त्यो समीकरणमा जसलाई नि पाउन सकिनेछ। हामीले गुमाएका हरेक पलहरु समीकरणको कुनै समाधानमा भेटिनेछ। त्यसको लागि म नासा जानुपर्ने हुन्छ। त्यो मेरो चाहना हुनेछ। नासा संसारको नीति खोज गर्ने एउटा मिसन हो। त्यहाबाट मैले सबै राज खोज्नेछु। मेरो संसार प्रतिको समाधान सर्बब्यापी गराउने छु, मेरो संघर्समा नोवेल पुरस्कार हुनेछ। मेरो जीवन तिम्रो अभावमा पनि तिम्रो समर्पणमा धन्य हुनेछ।

निशा : यो सब तिमी मेरो लागि गर्नेछौ ? किन यति धेरै माया गर्छौ मलाई ? मलाई धेरै माया नगर प्यारा, मेरो डर झन बढेर आउछ।

यस्तै गरि निशाको हरेक जवाफ उसले सधै दिइराखेको हुन्थ्यो, सधै झैँ त्यो बन्द संरचना भित्र।

समय अन्तराल संगै एक दिन अचानक निशा बिरामी हुन्छे। उसले निशालाई उपचारको लागि अस्पताल लैजान खोजेको हुन्थ्यो तर निशा घरमै आराम गर्ने जिद्धिले उसको आह्वानलाई अस्विकार गरेकि थिइ। ऊ त्यो दिन एक्लै त्यो अनौठो संरचनाभित्र निशा को सु-स्वास्थ्यको प्रार्थना गर्दै थियो। सोहि बेला निशा ऊ भएको संरचनाको द्वारमा अनौठो पाराले देखा परि। सबै कुरा अचम्म गराउदै निशाले त्यो कोठारुपी संरचनाको द्वार बन्द गरि बाहिरबाट लक गर्दै त्यहाबाट निस्किइ। जब निशा त्यो संरचनामा फर्केकि थिइ, उसंग एऔटा अन्जान केटा साथमा थियो। निशाले सोहि केटाको हात समाउदै त्यो बन्द संरचना नजिक आएकि थिइ। यथार्थ यो थियो कि त्यो केटाले बन्द कोठा र ऊसलाई देख्न सकेको थिएन तर उसले निशा र त्यो सबै दृश्य भित्रबाट देखिरहेको थियो। उसले निशालाई सम्बोधन गर्यो, निशा केहि नसुनेझै गरि त्यहाबाट टाढा कदम बढाउदै गई। ऊ ठूलो सोकमा पर्यो। उसले समीकरण भेटाउन सपना देखेको थियो, संसार बुझ्न महत्वाकांक्षा बोकेको थियो तर सबै अब त्यो बन्द संरचनामा सिमित थियो। उसले सबै देख्न सक्थ्यो तर उसलाई कसैले देख्न नसक्ने भए। उसको मनमा हजारौ प्रश्नहरु डेरा जमाउन थाले यद्दपि उसंग कुनै समीकरण थिएन, कुनै समाधान थिएन। ऊ नासा को पहुचमा थिएन। उसको मनमा एउटै अभिसाप थियो, ऊ आफैले बनाएको बन्द संरचनाभित्र आफै बन्दि भयो।

तर कुनै दिन एउटा आशा झुल्किनेछ, लामो समय अन्तराल पछि ऊ त्यो बन्द संरचनाबाट बाहिरिनेछ। अनि उसको कसैलाई केहि गुनासो हुनेछैन, तर बिना समीकरण आफैसंग धेरै प्रश्नहरुको जबाफ खोजिरहेको हुनेछ। उसले अरु सपनाहरु देख्ने छैन। सायद उसको सपनाहरु सानोमा नै धेरै हुने गर्थ्यो, अहिले सपना देख्ने अधार नभेटाएको नि हुन सक्छ। जब ऊ समाजमा निस्किनेछ, उसको सोच नसा, निशा र नासा भन्दा माथि उठ्नेछ। उसको मित्रहरु जो सानोमा उसंगै खेल्ने या झगडा गर्ने गर्थे, उनीहरुसंग उसको कुनै भेष, शब्द र संसर्ग मिल्ने छैन त्यसैले समय परिवर्तनशील भएको कुरा स्पष्ट हुनेछ। उसको एउटा मित्र जसलाई सानोमा उसले आफ्नो खाजा बाडेरा खाने हक दिएको थियो त्यो कुनै धनाड्य देशको मुख्य अफिसर हुनेछ र जो सानोमा उसलाई साइकलमा चढाएर पैसा खर्च गरि गरि सिनेमा देखाउन लैजान्थ्यो, त्यो कुनै मजदुर गरेर पेट पालिरहेको हुनेछ। सानोमा झगडा गरेको साथि रंगमंच को हिरो या हिरोइन हुनेछ र अर्को साथि फ़ुट्पातको पात्र हुनेछ अनि उसले आफ्नै मनमा अफ्नोलागी प्रश्नहरुको बिजहरु जन्माउनेछ।

ऊ आफ्नो सोच बदलेर कुनै दिन आशाको बाटो खोज्न को लागि यात्रामा निस्किनेछ र यात्रामा उसले थुप्रै भत्किएका घरहरु र सपनाहरु देख्नेछ। बूढी आमा छोरा मरेको दुखमा आँसु बगाइरहेको हुनेछिन, एउटा स्त्री आफ्नो पुरुषलाइ छोडेर अर्कोसँग गएकि हुनेछे, यौनकर्मीहरु आफ्नो ग्राहक को पर्खाइमा बस्नेछन, कोहि चेलीहरु बलात्कृत भैरहेका हुनेछन, अनाथ बालक सडकको चिसो भुइमा लडिरहेको हुनेछ, सानो बालक बिरामी आमाको अनुहारमा टुलुटुलु हेरिरहेको हुनेछ, लुटेराहरु समाजमा आतंक मच्चाइरहेका हुनेछन, देशको राजनीति अविरल बिग्रिरहेको हुनेछ, जनता दुखमा रोइरहेका हुनेछन, स्वार्थि सासक देशको ढुकुटी लुटिरहेको हुनेछ र यी सब वास्तविकताबाट अर्को प्रश्नको बिज रोपिनेछ। तर समीकरण सधै टाढा भईरहनेछ। उसले धेरै राज राजमै छोडिदिनेछ। ऊ बाध्य हुनेछ सबै कुरा सार्थक छन् भनि सम्झिनको लागि। ऊ अवस्य बाध्य हुनेछ।

(स्रोत : राष्ट्रिय दैनिक डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.