कथा : नसा जिन्दगीको

~तिलक खत्री~tilak-khattri

एस.एल.सी. सकिएपछि सहर छिर्ने रहर हुदा हुदै पनि आफ्नै ठाउमा खोलेको स्कुलमा नै + २ सकियो। पल्स टु सकिए पछिको विकल्प गाऊ छोड्नु नै थियो। गाउ,घर, परिवार छोड्नु त छदै छ ,छोडेपछि काठमान्डौ नै जाने निर्णयका  साथ म,रबिन अनि राजु संगै पढ्ने भनेर हाम्रो लागी एकदमै नया सहर काठमाण्डौ हिडयौ । नया ठाउ,नया सहर ,नया उस्साह ,नया कल्पना र नया सपनाका बोकेर । सहर पुरानो थियो तर हामी सहरको लागी नया थियौ। मान्छेहरुको हुल थियो! तर,हामी एक्लै थियौ तिन जना मात्र काठमाण्डौ झरे पछि रबिनको काकापर्ने सानो तिनो जागिर गर्दै यहि सहरमा गुजरा चलाइरहेका उनको सम्पर्कमा गयौ।

केही दिन पछि त्यही काकाको सहयोगमा एउटा कोठाको बन्दोबस्त का साथै कलेज पनि फिक्स भयो अनि काठमाण्डौ सहर भित्रको जहरले भरिएको जिन्दगी सुरु भयो संगै तिन जना एउटै कोठा एउटै कजेज भएकोले नया साथी संग घुलमिल हुन धेरै समय नै लागेन। तर कलेजमा आउने धेरै बिधार्थीको कला पढ्नु भन्दा क्लास बंक गर्नेमा देखिएकोले दिक्क पनि लाग्थ्यो। तर हामी त्यता तिर ख़्याल नै राखेनौ घर परिवार सम्झेर पढाइ तिर लगाब भइरहयो रबिन भन्थ्यो ब्याचलर सकेर बैंकमा जागिर खाने हो राजु अलि ज्यान परेको ल्यापटन हुने हो भन्थ्यो। म हास्दै,आफु त बाउको पेसा समाल्ने हो मास्टर हुने हो भनेर जिस्कन्थ्यौ । समय बित्दै गयो फस्ट यरको परिक्षा पनि सकियो सबैको राम्रो नै भयो।

परिक्षा सकिए पछि घर जानु भन्दा फुर्सदको समयमा यतै कम्प्यूटर र इंग्लिश ल्यङ्वज सिकौ भनेर तिन जना नै पढ्ने सुरु गर्यौ १०,१५ दिन राम्रो संग नै चलेको थियो हामी पढ्ने तला भन्दा माथीको तलामा बिदेश पढ्न पठाउने ‘कन्सलटेन्सि’ रैछ। त्यहा आउने जाने मान्छेको चहलपहलले तानेछ कि क्यारे रबिन र राजु पनि जाउन बुझ्न भनेर गयौ । चिल्ला कुरा र सपनाका ठुला ठुला सहर र फेरिने जिवनशैलीको बढाइ चढाइ बाट रबिन र राजु पग्लिहाले उनी हरु कंप्यूटर क्लास छोडेर भोली बाट उतै जाने भए । म भने एक्लिए उनीहरुले रोजेको गन्तव्य बाट समय आफ्नै गतिमा बित्दै गयो हाम्रो जिन्दगीको घडी पनि रोक्न कहा मान्यो र चलिरह़़यो ।

रबिन अस्ट्रेलिया जाने भयो राजु आफ्नो मामा यू.के भएकाले यू.के नै जाने भनेर एप्लाइ गरे म पनि आफ्नो पढाइलाइ निरन्तर दिए। एउटै उदेश्य बोकेर सहर छिरेको डेढ बर्ष नबित्दै एउटै कोठामा पक्ष र बिपक्ष झै बनिसकेका थियौ “बिदेश कि पढाइ”भन्ने शिर्सकमा ।

केही समयको प्रखाई पछि रबिन को भिषा लाग्यो। तर राजुको रिजेक्टेट भयो। मन मनै त राजुको भिषा नलाएकोले खुशी पनि लाग्यो मेरो पनि संगै पढ्ने साथी हुने भो भनेर तर बिदेशको नसामा चुर्लुम्म डुबेको राजु कहा पढाईलाइ निरन्तरता दिन्थ्यो र फेरी अरु देशको लागी बुझ्न एउटा इमान्दार सिपाही खटे झै लागी पर्यो।

केही दिन पछि रबिन हामी संगैको साथ छोडेर अस्ट्रेलिया गयो । राजु यू.एस् .ए लैजाने दलालको मिठो र गुलियो बोलीमा माहुरी झै भुलेछ  र उस्को यात्रा पनि सुरु भयो । हाम्रो पनि फस्ट यरको रिजल्ट आयो तिन जना नै राम्रो अंक लिएर पास भयौ। तर संगै खुसी साट्न पाएनौ किनकी उनी हरु यहाँ भन्दा नि ठुलो र सुन्दर सहरमा बसाइ सरिसकेका थिए । तिन जना रमाइउने कोठामा एक्लै भए म । तर पनि म आफ्नो पढाई नै जिन्दगीको सम्पती ठानेर निरन्तरता दिइ रहे समय बित्दै गयो।

एक दिन बिदाको दिन सनिबार साँझ बजार निस्केको बेला ‘साइवर’ तिर छिरे साइवर छिरे पछि सुरुमै ओप्पन गर्ने भनेकै फेसबुक नै थियो यसैलाइ निरन्तरता दिएर त्यही फेसबुक अन गरे सरर वाल हरु हेरे । १० वटा फ्रेन्ड रिक्योस्ट देखे  सबै लाइ एसेप्ट गरेर  वाल सार्दै जादा रबिन ले “इन्जोए वेथ फ्रेन्ड ” शिर्षकमा टन्न समुन्द्रमा रमाएका फोटा हालेको रैछ लाइक र कमेन्ट दुबै गरे  । राजु पनि सेभली ल्यान्डिङ इन यू.एस.ए लेखेर ब्यागराउन्डमा ठुलो सहर भएको फोटो पोस्ट गरेको रैछ करिब ३ महिनाको लामो यात्रा पछि पुगेछ! भन्ने भयो। रबिन अनलाइन रहेछ एकछिन रमाइलो कुरा भो रबिन संग राजु लाइ भने अफलाइन म्यासेज छोडे ।
अनि उही कोठा तिर लागे साइवर छोडे पछि नै मनमा के के कुरा खेलिरहन्छ कोठामा पुगे पछि यस्ले झन ठुलो रुप लिन्छ सम्झन्छु घर तिर बाबाको प्रा.बि मा पढाएको जागिरले आमाको नियमित खाने औसधीलाइ मात्र धान्न सक्छ मेरो खर्चको लागी साउ नै ताक्नु पर्ने कोठोको हालत त्यस्तै दाल बने तरकारी बन्न मान्दैन। तरकारी बने दाल बन्न नमान्ने, मासुको स्वाद चाख्न परदेश गएका लाउरे नै पाहुना बनेर आउनु पर्ने, पुरै दुई छाके पारा बिहान टु बेलुका बाहिर खाजा पनि यस्तै मान्छेको आगमनको पर्खाइमा हुने। सबै कुरा सम्झिदा मेरो मनमा पनि बिदेशको भूत नमजा संग चढ्न थाल्यो। पढाई प्रति प्रगतिको सोच भन्दा समय बर्बादीको सोचको बहुमत हाबी हुदै जान थाल्यो । र पनि पढाइ प्रति ध्यान दिन पट्क्कै छोडेको भने होइन । त्यो रात यसरीनै मनमा अनेकौ द्वन्द चलेर नै निद्रा बिना नै बिहानी भयो ।

विहानी संगै कलेज सकिएर कोठो तर्फ फर्कने बेला नेपाल यातायात चढ्नै लाग्दा स्टेशनको  ठिक अगाडी ठुलो बिल्डिंगको तेस्रो तलामा ठुला अक्षरमा “study in Japan”  लेखेको ठाउमा मेरो आँखा ठोकिन्छ। म चढ्नै लाएको गाडी छोडेर भोकै पेट त्यही ठुलो अक्षरलाइ पछ्याउदै जान्छु । अनि सबै कुरा बुझ्छु कुरा पूरै माहुरीको मह भन्दा मिठो भर्खरै सम्पन्न भैसके झै गरी लगाउछन म पनि हिसाब गर्छु मन मनै एकाएक मनमा सपनाको सहर र अभाब नै अभाबको जिन्दगीबाट एउटा सुनौलो संसारमा पुगे झै महसुस गर्छु। कल्पनै कल्पनामा सपनाका महल खडा गर्छु । अनि भोली बाट नया अध्यायको सुरु गर्छु। नर्सरीको बालक झै सिसाकलम इलेजर समाएर ‘हिरागाना’ कातागाना ओहायोगोजाइमास, कोनिचिवा, गेन्की देसका यस्तै यस्तै तोते बोलीको बालक झै बोल्दै लेख्दै!………

बिहान कलेजको पढाइ सके पछि जापनिज भाषाको क्लास पनि दैनिकी झै बन्छ । पढ्दा पढ्दै अक्टूबर सेक्सनको लागी एप्लाइ गर्ने भए बुवाले पनि नाईँ भन्नु भएन बुवाले पनि नाई नभनेर सकारात्मक रुपमा लिए पछि बुवालाइ घर व्यबाहर थेक्न कति गार्हो भएको रैछ भन्ने सजिलै अनुमान गर्छु । ३ महिनाको पर्खाइ त्यही भाषा पढ्न र हल्का कजेज जादैमा बित्यो ३ महिना पछि भिषा लाएको खबर आयो पहिले त आफुले पत्ताउन गार्हो भो मन यसै फुरुंग भयो। उडु उडु कस्लाइ भनु भनु संसार नै मैले जितेकि झै हुदै गयो सपनामा झन सपना बुन्न थाले । घरमा खबर गरे सबै जना खुसी हुनुभयो। तर ,आमा अलि बढी नै बिरामी भएकोले त्यती खुसी देखिनु हुदैन्थ्यो र पनि म आमालाइ सके जति सम्झाउथे । त्यही दिन आमासंग फोनमा धेरै कुरा भयो। आमाले घुमाउरो पारामा बिहे गरेर जान अनुरोध गर्नु भयो मैले अहिले नगर्ने भनेर सम्झाउन खोजें पनि आमाको जिद्दी संग म हारे ! म जानु पहिले बिहे गर्न राजी भए, बुवा आमाकै निर्णयले नै मेरो जिन्दगीको जिवनसाथीको फैसाला गरिदियो । म मौन रहेरै समर्थन जनाउनु बाहेकको अरु बिकल्प देखिन। एता उता गर्दा जहाज चढेर सपनाको सहरमा जाने दिन पनि नजिकिदै गयो लाग्थ्यो कसैले के गर्दै छस् हिजो आज भनेर सोधे पनि हुने सान संग जापान जादैछु! भन्न हुन्थ्यो झै लाग्थ्यो। म मात्र जादैछु कि झै लाग्थ्यो मनमा खुसीको बहार २ दुना ४ हुदै उर्लिदै थियो। सबै परिवारका साथै जिवन संगिनी संग पनि छुटेर म बस्दै गरेको सहर भन्दा नि ठुलो र सुन्दर सहरमा बसाइ सर्नु बाध्यता र सपना दुवै भैसकेको थियो। यसैलाइ पछ्याउदै नेपाल एअर लाइन्स लेखेको ठुलो चरा मा चढेर जापानको लागी जिन्दगीमा पहिलो अनुभव संगै मेरो जन्म भुमिबाट लुक्छु!!!

सुरुमा सबै संगै गएका साथी संग रमाइलो संग नै दिन बित्छ तर दिन बितेरमात्र कहा हुने रैछर !!समय बित्दै गए संगै मनमा घरको सम्झना र साउको रिनले उकुसमुकुस बनाउन थाल्छ। गएको दुइ महिना पछि मात्र दिनमा ४ घण्टा काम पाउछु ४ घण्टा स्कुल बाकी यता उता गरेर बित्छ ४ घण्टा काम गरेर कमाएको पैसा जति कन्जुस गरे पनि आफ्नो खर्चका लागी बाहेक कत्ति पनि बचत हुन सक्दैन । तर उता घर तिर आसाका ठुला ठुला डोरीहरु तन्काइ रहेका हुन्छन म आउनु पहिलेका खुसी सम्झन्छु , कन्सलटेन्सिमा गरेका गुलिया कुराको याद गर्छु अनि आफु तिरै धारे हात लाउछु । नमरी स्वर्ग देखिदैन भन्थे म नमरेरै स्वर्ग र नर्क दुवै देखि सके झै हुन्थ्यो ।

धेरै कुर मनमा खेल्ने भएको ले होला  ‘ धुवा’ र ‘बोतल’  लगभग साथी झै बनाइ सकेको थिए ।

एक दिन घरमा फोन गरेको भाई भन्दै थियो फलानोलाइ उस्को दाईले आइफोन पाठाइदेको छ मलाई पनि पठाइदिनु न , बुवा फलानो साउले अताएको छ के गर्ने हो ? म सबैका मागलाइ हुन्छ म अर्कों महिना तिर पठाइदिन्छुनी भनेर झुटको खेती गर्नु बाहेक अरु कोही देख्दिनर म यसै भनेर टार्दिन्छु। यसरी अतिकति कमाएको पैसा पनि स्कुललाइ बुझाउदा मात्र सकिने हुदा साउको रिन तिर्ने त पराइ जावोस् व्याज पनि कुनै जुनिमा तिर्न सक्छु झै नलागे पछि म संग भएको अन्तिम बिकल्प स्कुल छोडेर अरु नै सहरमा अबैधानिक (इलेगल) बस्नु बाहेक अरु केही देख्दिन । अनि म स्कुल छोडेर नया सहरमा जान्छु । नया सहरमा काम पाए कम्सेकम सबै पैसा बच्छ साउको रिन भाइको आइफोन सके जतिको सपना पुरा हुन्छ झै लाग्छ। तर यो कुरा घरमा कसैलाइ भन्न मन लाग्दैन। समय बित्दै गयो करिब डेड बर्षमा म जादा लागेको रिन जति सबै चुक्ता पनि गर्छु घर परिवार सब खुसी मै हुन्छन । अब त एकचोटी आएर गए हुन्छ भन्न सुरु हुन्छ म दशैं तिर बिचार गर्छु भनेर टार्छु ।

तर “मनको बह कसैलाइ नकह”आफ्नो पिडा आफै संग थियो । यसै बिचमा प्राण प्यारी जिवन संगिनी सहर बसाइ सरेर आफु पनि कलेज भर्न हुने भनेर जिद्दी कस्छिन लव पारेर बिहे गर्नेको बिहे पहिले माया बसेर बिहे गर्छन हाम्रो भने बिहे पछि माया बसेको थियो। मैले सम्झाउन जति खोजें पनि उस्को जिद्दीपन संग म हारेर घर सबै संग सल्लाह गरेर सहर नै पढ्न अनुमति दिन्छु । म बिदेश आएको करिब २ बर्ष बित्नै लाग्दा पहिले देखि नै बिरामी हुनु भएको  जिन्दगी दिने “आमा” झन भन्दा झन बिरामी हुदै जानु हुन्छ।। मलाइ पटक पटक नेपाल आउन अनुरोध गरे पनि म चाहेर पनि जान नसक्ने अबस्थामा भएको कुरा के थाहा र घरकालाइ , र पनि म बिदा मिलाएर आउने आस्वासन भने दिन छोड्दिन । यसरी नै सुख दु:ख का साथ दिन हरु चलिरहेका हुन्छन बाहिर सुन्दर लाग्ने स्वार्थै स्वार्थको सहरमा। जहा आफ्ना चिनेका हरु पनि टाढा हुन्छन कतै सहयोग पो  माग्छ भन्ने डरले नचिनेका त त्यसै टाढा छदै छन ।

यसरी समय बित्दै जादा अर्थिक अवस्थामा पनि धेरै सुधार हुदै जान्छ। चाहेको बेला घर जान नपाउने पिडा एक ठाउमा रहे पनि घर परिवारमा नभए नि छ भन्न पाउने आधार बनिसकेका हुन्छ । घर छोडेको पनि धेरै समय बिते पछि घर तिरको सम्झनाले अलि बढी नै सताउन थाल्छ मनमा अनेकौ कुरा खेलिरहन्छन । तर जति कुरा खेले पनि मनलाइ सम्हाल्दै अगि बढ्नु नै जिन्दगीको चुनौति झै लाग्छ।

एक दिन दिन भरीको कामको थकानले केही खाना बनाउने खाने सम्म जागर चल्दैन ।मनमा पनि अनेक थरी कुरा खेलिरहेको हुन्छ घर छिटै फर्कु झै लाग्छ फेरी पैसाको नसाले समाएको मलाइ जा भन्ने आट नै गर्दैन । आउदा साथ यतिकै खाना नखाइ पल्टिन्छु। यसो मोबाइल खोलेर फ़ेस बुक अन गरेको ‘कान्तिपुर’ दैनिकले एउटा न्युज पोस्ट गरेको रैछ “श्रीमान बिदेशमा श्रीमती परपुरुष संग” भन्ने शिर्षक राखेर झट्ट आखा त्यही शिर्षकमा गयो क्लिक गरेर पढ्दै गरेको हाम्रै जिल्लाको घटना रैछ अझै पढ्दै जादा गा. बि.स. पनि हाम्रै कता कता मनमा काडाले घोचे जस्तै हुन थाल्यो धड्कन म्याराथुनमा दौडेको घोडा झै दौड्न थाल्यो अझै तर सारेर पढेको मेरै संगिनी मेरै जिवनकी सहयात्रीको नाम देख्दा साथ म चिच्याउछु बेड बाट । तल झर्छु। शरीर पुरै पसिनै पसिना ! धन्न सपना रैछ, म झसंग हुन्छु । यसो मोबाइल हेरेको रातीको १:४० भएको रैछ ।

एउटा चुरोट सल्काउछु ,मन आतिन्छ यसै यसै घरमा फोन गर्छु हत्तपत्त उनै प्रियतमले उठाउछिन आरमै रैछन मन हल्का हुन्छ। अनि थुप्रै सुनेका पढेका घटनाको याद गर्छु श्रीमान प्रदेश श्रीमती अरु संग नै बिहे गरेका अरु संग सबै साँची राखेर राखेको सिन्दुरको हत्या गरेर नया जोडी बनेको घट्ना हरु मेरा मस्तिष्क हरुमा घुमीरहन्छ ।

अनी,  यसो सोच्छु सच्ची जिन्दगी भनेको नै नसा झै लाग्छ ।   कहिले के को नसा कहिले के को नसा नसै नसा को जिन्दगी यो कहिलै नटुङिने..
म पनि पैसा कमाउने नसामा फसेको मेरो मनलाइ  परिवार संगको स्पर्सको नसामा मन बदल्न खोज्छु अनि सके सम्म छिटै मेरै देश मेरै गाउ मेरै परिवेशमा फर्कने प्रकियामा अगि बढेर कहिलै नआउने प्राण संगै आफ्नै गाउ फर्कि आए,,… भन्दै गुनगुनाउदै जाने दिन पर्खिरहेको छु आसा छ अब म छिटै आउदै छु बिरामी आमाको सेवा गर्न १ महिना पनि राम्रो संग संगै हुन नपाएकी मेरी प्रियसी संग जिवन भरीको यात्रा संगै गर्ने गरी… स्वार्थै स्वार्थले भरिएको सुन्दर सहरको नसालाइ छोडेर आफ्नै यथार्थको झुपडीमा नया नया सपना बोकेर फर्किदै छु… ……

“यसो सोच्छु सच्ची जिन्दगी भनेको नै नसा झै लाग्छ ।   कहिले के को नसा कहिले के को नसा नसै नसा को जिन्दगी यो कहिलै नटुङिने !!!………

नोट:- यो कथा केबल रमाइलो को लागि लेखिएको हो यहाँ थुप्रै व्याकरण हरु मिलेको छैन कथा बस्तु पनि मिलेको छैन र पनि पोस्ट गरेको छु अन्यथा नसम्झनु ! पढ्दिनुभयो म आभारी छु !!!!!

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.