~अविर खालिङ~
आकाश नपाएका सपनाहरु हाम्रा हुन्
वेग नपाएका उडान हाम्रा हुन्
नाम नपाएका बेवारिस उत्सर्ग कती टुहुरा छन्
समर्पणका कती कथा लांक्षित छन ।
सीमानामा सपनासँगइ कती मरे हाम्रा बाबुहरु
चिया टिप्दै, कुलेन गोड्दै कती सडे हाम्रा बाजेहरु
टिस्टालाई सोध्,रङीतलाई सोध्
सुनकोशको त्यो मौन प्रवाहलाई सोध्
छाहारी नपाएको यो क्षण कती भिझेको छ ।
सडकाकाअ पेटीमा गिटीसँगइ कती कुटिइन हाम्री आमाहरु
बालासनको बालुवासँगइ कती बगिन हाम्री दिदीहरु
देशको सीमालाई सोध्,टुहुरा सन्तानलाई सोध्
मान नपाएको मौन त्यो तक्मालाई सोध्
वास नपाएको अभिमान कती रोएको छ ।