~पूर्ण मुनंकर्मी~
हिमाल,
कुनै नवदुलहि
बिनसित्ति सासुको गालि खांदा
माइती सम्झेर एकान्तमा
शुष्क शुष्क रोए जस्तै
हिमाल शिखरहरु
पर्यावरणका िहंस्रक खुर्पाको चोटमा
निशब्द
बगाउँदैछन् हिउँका आँसु
र
देखाइरहेकाछन् आफनो पीडा
हिमताल र हिम नदीहरुमा ।
पहाड,
कुनै उपचार नपाएर
हेर्दाहेर्दै
हात खुट्टा र अङ्ग प्रत्यङ्ग
झरेको हेर्नु पर्ने विवस कुष्ठरोगी जस्तै
पहाडहरु
पर्यावरणका िहंस्रक खुर्पाको चोटमा
आर्तनाद गर्दै बगाउँदैछन्
आफ्नै अंङ्ग प्रत्यङ्ग र
आफ्नै काखका लालाबालाहरु
र
देखाइरहेकाछन् आफ्ना कोपरिएका अवयव
क्षतविक्षत कोखमा ।
तराइ,
कुनै नव यौवना
प्रथम रजस्वला पश्चात
प्रभातिय सूर्यदर्शनमा
भविष्यको रोमाञ्चकता र
बात्सल्यताको परिकल्पनामा
आफैलाइ बिस्कुन र्झै लम्पसार पार्दै
मन्द मन्द मुस्कानमा
लजाइरहेकी
तराइका फाँटहरु
परायाका िहंस्रक खुर्पाको चोटमा
आफ्ना रक्त नलिहरुमा
आफ्नै इम्युनको बिरुद्ध
बन्धुत्वको आवरणमा आएका
भाइरसहरुको च्याम्वर भित्र छट्पटाइरहेकाछन्
र
देखाइरहेकाछन् लुटिएको अस्मिता
आफै भित्रको सत्रुताको ताण्डव नृत्यमा ।
देश,
आफ्नै बन्धुद्वारा
छलपूर्वक चक्रब्यूहमा पारिएका
‘अभिमन्यू’ बनाउन खोजिरहेकाछन्
देश भक्तिका धनुष लुट्न खोज्दैछ
सहिष्णुताका रथ भत्काउन खोज्दैछ
एकताका ध्वजा च्यात्न खोज्दैछ
‘कुरुक्षेत्र’बाट प्रक्षेपित कपट र अतिक्रमणका स्वर्ण बाणहरु
बिभाजन रेखा कोर्न खोज्दैछ ।
बिषाक्त दक्षिणी मनसुनले
संक्रमित संस्कृति र
चक्रब्यूहको निरन्तरताले
म स्खलित हुन सक्छु
म भ्रमित हुन सक्छु
म लड्खडाउन सक्छु
सम्हाल मलाइ
सम्हाल आफैलाइ
(आफै सम्हालिनु मेरो बुद्धको ज्ञान हो)
पुछ हिमालका आंसुहरु
बचाउ पहाडका कोखहरु
पहिल्याउ तराइका संक्रमणहरु
रोक सबै कपटका बाणहरु
हटाउ आफ्नै दृष्टिदोषहरु
र बाल निष्ठाका दीयोहरु
बढाउ एकताका हातहरु
(यो मेरो राष्ट्रिय धर्म हो)
उभिउ एकत्रित भएर मन मस्तिष्कहरु
झण्डाको अडिग लट्ठि जस्तै
फर्फराउन
चन्द्रसूर्य
सदा सदा ।