कविता : सिमाना

~अभिसेक ढुङ्गाना~abishek-dhungana

खै के सम्झानु छिमेकले, घतगरि सुस्ता लुटेको दिन,
छाती चिर्र चिरा परिकाना फुट्यो, सिक्किम फुटेको दिन |

राष्ट्र यो रोयो झरेर बलिन्द्र आसु , आमा रुदै थिन पर
बजो बनाई आमा को काख यो समय हसिरेको तर |

क्या लाचार सरि जीवन भयो, को संग माग्ने बास,
आफ्नै मात्री कोख मा बसिरही, किन अरु को दास|

हाम्रो जीवन हुन्छ सार्थक कहाँ बचेर मात्र भगत,
लायो मिच्न भने छिमेकले येसरी, रहन्न नेपाल जगत |

खै रोक्ने कसरि रहेछ र सिमा मिचेर लागेपछि,
आस्तितो नै पर्दछ धरापमा किनभने राष्ट्रनै बगेपछि |

बेर्थै किनछर बच्नु अहो बेचेर मात्री भुमि,
के गर्भगर्नु छ र नेपाली भनि चुमेर तेस्रो भुमि |

खै केहि गरिएन पहल भने छेकेर सुस्ता हरु,
झुक्ने छ इतिहास गौरव गोर्खालीहरु रुनेछन पुस्त हरु |

रोख्नै पर्छ सुस्ता सिक्किमहरु, छिमेक रिसाए पनि,
इतिहास लेखिरहनछन् विर सपुतले दुनिया डराए पनि |

हाम्रै दाजुबहिनि छुटेर रोइरहे दार्जीलिंग छुटेको दिन,
ल्यानुपर्छ जुटेर नेपाली जनाले मिलनहरुको दिन |

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.