~रुमन न्यौपाने ‘अमन्त’~
आदि,
अकडो अन्यको ।
बुझै,
अकन्टक शशिलाई ।
आज एउटा अन्य
भोली अर्को सुर्योदयलाई ।
अकपट त्यो निशा
आदि हो नब लालीको ।
सोच,
अकर्मण्य बिबेकको
यथार्थमा अन्य हो ।
भोली अर्को नबोदयलाई
अभिराम बाटो हो ।
अकथ्य अन्धकारमा
भुमीगत बाँच्नेहरु
अखबारमा राष्ट्र कुन्दैछन् ।
न हार,
अकर्मण्य बिबेकको
यथार्थमा अन्य हो ।
भोली अर्को नबोदयलाई
अभिराम बाटो हो ।
एउटै योद्या तिमी
अनलमय राष्ट्रको
सोच,
अकर्मण्य बिबेकको
यथार्थमा अन्य हो ।
भोली अर्को नबोदयलाई
अभिराम बाटो हो ।
एउटै रातको अन्यपछी
अंगीकृत तिम्रो लयमा
अपठित भए पनी
आशिष तिम्रो बोल्ने छौं
सुन,
यो बलात्कार होईन
एउटा रात ‘अन्य’ होईन
बलिष्ठ नबोदयको बाँध हो ।
न हार,
अकर्मण्य बिबेकको
यथार्थमा ‘अन्य’ हो ।
भोली अर्को नबोदयलाई
अभिराम बाटो हो ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)