~केदार वाशिष्ठ~
एक दिनको समयको जोड
एक दिनको आयु घटाउ
भावनाहरुको गुणामा
पीडाहरुको भागफल
हात लाग्यो शून्य !
आउँदैनन् कुनै अङ्कहरु
शून्यहरुकै खात
हेर्दा–हेर्दै विलय भए
शून्यमा सबै !
रहेको छु भित्र
उचाल्छु दुई हातले माथि
तर आफ्नै दुई खुट्टाले
कुल्चन्छन् मेरो
निरर्थक प्रयासलाई !
एउटा शून्यको परिधिभित्र
जिन्दगीको परिभाषा खोज्दै
न निस्कन सकेको छु
त्यो वृत्तबाट
न त अटाउन नै सकेँ !
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)