~एन पी भावी~
मध्येरात एकान्तमा जुनको मैले साथ पाए
पीडाबीच टहलिदा उनको मैले साथ पाए ।
समाजको पर्दाबीच ऐना मैले हेर्दै गर्दा
बेकम्मा रास भित्र घुनको मैले साथ पाए ।
नानाभाँती सपना बुन्दै मुख मेरो रसाइरह्यो
बेस्वादको परिकारमा नूनको मैले साथ पाए ।
जीवनको पर्दालाई प्रतिविम्बत गर्न खोज्दा
पेरिसको स्पर्षमा चुनको मैले साथ पाए ।
उजेलीको खोजी गर्दै अन्धकार डोब भित्र
अनायासै चौबाटोमा खुनको मैले साथ पाए ।
(स्रोत : ईलम्जुङ् डट काम)