~केशब आचार्य ~
कहाँ हुनछ कस्तो हुन्छ नदेखिने माया
छात्तीभित्र मुटुसँग समेटिन्छ माया —
आसुँ बनी आँखाबाट बगिदिन्छ माया
हाँशो बनी ओँठबाट हांसी दिन्छ माया —
गीत बनी शुसेलिमा रमाउछ माया
कहिले कही जिन्दगीमा ओइली दिन्छ माया —
खोजी हिँड्दा पाइन्न त्यो मनको साँचो माया
जता ततै खोज्दा भेटने सस्तो छैन माया —
बिछोडको बेदनामा कहालिन्छ माया
मिलन हो ढुक्ढुकिको सत्य चोखो माया
बोल्डर् , कोलोराडो, अमेरिका
(स्रोत : ईलम्जुङ् डट काम)